मानव अधिकार उल्लंघनका मुख्य कारण गरिबीः मुख्यमन्त्री राजेन्द्र राई

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानवअधिकार उल्लंघनका प्रमुख कारण गरिबी भएको बताएका छन् ।
  • मानवअधिकार आयोगको आयोजनामा आजदेखि विराटनगरमा सुरु मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
  • उनले गरिबी र जातीय तथा लैङ्गिक विभेद अन्त्य नभएसम्म मानवअधिकार पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्ने बताए ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानवअधिकार उल्लंघनका प्रमुख कारण गरिबी भएको बताएका छन् । मानवअधिकार आयोगको आयोजनामा आजदेखि विराटनगरमा सुरु मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले गरिबी र जातीय तथा लैङ्गिक विभेद अन्त्य नभएसम्म मानवअधिकार पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्ने बताए ।

‘जब मानिसलाई धनी र गरिबको बराबरी बनाउन सकिँदैन तबसम्म मानवअधिकारको पूर्ण पालना हुन सक्दैन । मानिसलाई धनी बनाइएन भने गर्भदेखि नै बच्चाले पौष्टिक आहार पाउँदैन’, राईले भने । उनले सरकार सुतरमुर्गजस्तो टाउको लुकाएर नबसेको बताउँदै काम गर्न चाहेको बताए । तर त्यसका लागि सरकारको आफ्नो सीमितता र सीमाहरु रहेका कारण पनि मानवअधिकारको रक्षामा कतै असन्तुष्टिहरू पैदा हुने गरेको उनले बताए ।

‘प्रहरीलाई, अपराध नियन्त्रण गर्ने चाहना छ तर प्रहरीको संख्या कम छ, सरकारले उपलब्ध गराएको साधन स्रोत कम छ, आवधिक अवस्थामा छौं, हामीसँग सीमितता छ । त्यसकारण अहिले नै पूर्ण रुपमा व्यवस्थापन गर्न सक्दैनौं ।’ उनले मुलुकमा संघीयताको पहिलो अभ्यास भइरहेकाले जनताले गरे जस्तो अपेक्षाकृत काम गर्न नसकेको अवस्थामा नकरात्मकता मात्रै पाल्न नहुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ ’
‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ ’
रौतहटमा राजपाका बागी ‘बाख्रा’ छापले जिते
रौतहटमा राजपाका बागी ‘बाख्रा’ छापले जिते
गर्भपतनको औषधी खाँदा महिलाको मृत्यु, प्रहरी कार्यालय घेराउ
गर्भपतनको औषधी खाँदा महिलाको मृत्यु, प्रहरी कार्यालय घेराउ
पुनर्निर्माण कार्यको गतिप्रति चौतर्फी निराशा
पुनर्निर्माण कार्यको गतिप्रति चौतर्फी निराशा
साउन १८ गते शनिबारको राशिफल यस्तो छ
लुम्बिनीले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने
लुम्बिनीले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
किन नेपालमा पढ्नै चाँहदैनन् युवा ? नो अब्जेक्सन लेटर लिनेको संख्या झन बढ्यो
किन नेपालमा पढ्नै चाँहदैनन् युवा ? नो अब्जेक्सन लेटर लिनेको संख्या झन बढ्यो
NA members draw government attention to contemporary issues
NA members draw government attention to contemporary issues
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो