पुनरागमन जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो
सारांश
- काठमाडौं।
- बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेविरुद्ध २-१ अन्तरको पुनरागमन जित निकालेको छ।
- आइतबार राति घरेलु मैदानमा इल्चेका फिडेलले ४४औँ मिनेटमा गोल गरेपछि भ्रमणकारी टोली क्याटलान क्लब बार्सिलोना दबाबमा आएको थियो।
काठमाडौं। बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेविरुद्ध २-१ अन्तरको पुनरागमन जित निकालेको छ।
आइतबार राति घरेलु मैदानमा इल्चेका फिडेलले ४४औँ मिनेटमा गोल गरेपछि भ्रमणकारी टोली क्याटलान क्लब बार्सिलोना दबाबमा आएको थियो। तर, टोरेसले जोर्डी अल्बाको पास सदूपयोग गर्दै ६०औँ मिनेटमा खेल बराबरीमा ल्याए । डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्दै खेल सकिन ६ मिनेट अघि विजयी गोल गरे।
जितसँगै बार्सिलोना २६ खेलबाट ४८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। पराजित इल्चे २७ खेलबाट २९ अंकसहित १४औं स्थानमा छ। आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३-१ अन्तरले पराजित गरेकाे छ।[image: barsilona-messi1615855850.jpg]
प्रतिक्रिया