फुटबल विकासमा नेपाल र कतारबीच सहकार्य हुने !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
फुटबल विकासमा नेपाल र कतारबीच सहकार्य हुने !

सारांश

  • काठमाडौँ, ७ कात्तिक ।
  • फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ ।
  • कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ ।

काठमाडौँ, ७ कात्तिक । फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको छ ।

दुवै राष्ट्रको फुटबल विकासका लागि एन्फा र क्युएफएको मुख्यालय दोहामा एन्फाका अध्यक्ष शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अलतानीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतानुसार दुई राष्ट्रबीचको विभिन्न विषयका लागि व्यवस्थापन टोली, प्राविधिक टोली, प्रशिक्षक, रेफ्री र खेलाडीको आदानप्रदान हुनेछ । त्यसैगरी फुटबलको अध्ययन, अनुसन्धान, महिला फुटबल, युवा फुटबल, फुटसललगायत १७ कार्यमा दुई मुलुकबीच सहकार्य हुने सम्झौतामा उल्लेख छ ।

कतार सन् २०२२ को विश्वकप आयोजक राष्ट्रसमेत हो । हाल कतारले विश्वकपका लागि फुटबल मैदान धमाधाम निर्माण गरिरहेको छ । सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा र लिग कमिटीका संयोजक विज्ञानराज शर्मा हाल दोहामा छन् । यसअघि एन्फाले जापान फुटबल एशोसिएशन (जेएफए)सँग सहकार्य गर्न सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति
विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति
न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट, कैयौँ मानिस ’सम्पर्कविहिन’
न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट, कैयौँ मानिस ’सम्पर्कविहिन’
देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी ; मन्त्री अर्याल
देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी ; मन्त्री अर्याल
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने
सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय
सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय
एमसीसी पारित गर्न तात्तिए देउवा, प्रचण्डले साथ नदिए गठबन्धन तोडिने
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो
नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो
डुङ्गा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्यामा वृद्धि
डुङ्गा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्यामा वृद्धि
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी

तपाईंले छुटाउनुभयो कि?