फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २३, २०७८
|
|
३६ पटक हेरिएको
Shares
फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम

सारांश

  • रुसले आक्रमण तीव्र बनाएको युक्रेनको राजधानी किएभ सहित मरिपोल, खार्किभ र सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ ।
  • ती सहरमा रहेका सर्वसाधारणलाई सहर छाडेर बाहिर जान सजिलो होस् भनेर स्थानीय समयअनुसार बिहान १० बजेदेखि युद्धविराम गरेको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।
  • युद्धका कारण सर्वसाधरणको अवस्था चिन्ताजनक भएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामको निर्देशन दिएका हुन् ।

रुसले आक्रमण तीव्र बनाएको युक्रेनको राजधानी किएभ सहित मरिपोल, खार्किभ र सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । ती सहरमा रहेका सर्वसाधारणलाई सहर छाडेर बाहिर जान सजिलो होस् भनेर स्थानीय समयअनुसार बिहान १० बजेदेखि युद्धविराम गरेको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।

युद्धका कारण सर्वसाधरणको अवस्था चिन्ताजनक भएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामको निर्देशन दिएका हुन् ।

रुसले युद्धविरामका बारेमा संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय रेडक्रस लगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि जानकारी गराउँदै उद्धारमा सघाउन आग्रह गरेको छ ।

यसअघि मरिपोल सहरबाट सर्वसाधारणको उद्धारका लागि दुई पटक युद्धविराम गरेको भए पनि रुसी सेनाले आक्रमण नरोकेपछि उद्धार हुन सकेको छैन ।

यसैबीच चीनले युक्रेनमा चलिरहेको युद्ध तथा सङ्कटको समाधान वार्ता र संवादमार्फत गर्नुपर्ने बताएको छ । चिनियाँ विदेश मन्त्री वाङ यीले पत्रकार सम्मेलनमा युक्रेनमा चलिरहेको युद्ध वार्ता, संवाद तथा शान्तिपूर्ण माध्यमबाट समाधान गरिनुपर्ने बताएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रुस–युक्रेन वार्ताका लागि सहयोग गर्न चीन इच्छुक रहेको पनि चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । युक्रेनमा रुसले गएको १२ दिनदेखि आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन् :  प्रधानमन्त्री ओली
मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन् : प्रधानमन्त्री ओली
Dating Sites For Marital relationship
पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण
पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
राष्ट्रपतिबाट सुख, शान्ति र समृद्धिको कामना
राष्ट्रपतिबाट सुख, शान्ति र समृद्धिको कामना
अर्धशतक बनाउन चुके ज्ञानेन्द्र !(Live)
अर्धशतक बनाउन चुके ज्ञानेन्द्र !(Live)
बिकाउन होइन, निर्वाचनलाई व्यवस्थित गर्न प्रतिवेदन लक्षित हुनुपर्छ – प्रमुख निर्वाचन आयुक्त थपलिया
बिकाउन होइन, निर्वाचनलाई व्यवस्थित गर्न प्रतिवेदन लक्षित हुनुपर्छ – प्रमुख निर्वाचन आयुक्त थपलिया
अपाङ्गता व्याक्तिलाई प्राथमिकता दिनेमा जोड
अपाङ्गता व्याक्तिलाई प्राथमिकता दिनेमा जोड
एमालेले प्रमुख प्रतिपक्षी दल बन्छौँ भन्दा सभामुख सरकारको दवाबमा !