प्रदेशको राजधानी तोकिनुपर्ने मागसहित दाङ ठप्प, जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
२० पटक हेरिएको
Shares
प्रदेशको राजधानी तोकिनुपर्ने मागसहित दाङ ठप्प, जनजीवन प्रभावित

सारांश

  • दाङ, ३ माघ ।
  • पाँच नम्वर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने मागसहित आजदेखि दाङमा अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ ।
  • बन्दका कारण पूर्वपश्चिम राजमार्गलगायत लामो तथा छोटो दूरीका यातायात नचल्दा जनजीवन प्रभावित भएको छ ।

दाङ, ३ माघ । पाँच नम्वर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने मागसहित आजदेखि दाङमा अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ । बन्दका कारण पूर्वपश्चिम राजमार्गलगायत लामो तथा छोटो दूरीका यातायात नचल्दा जनजीवन प्रभावित भएको छ ।

उच्च अदालत रहेको ठाउँमा अस्थायी मुकाम नतोकी सरकारले अन्यत्र तोक्न थालेको भन्दै दवाव स्वरुप अनिश्चितकाली दाङ बन्द गरिएको दाङ प्रादेशिक राजधानी सरोकार समितिका सदस्य सचिव सविन प्रियाशनले जानकारी दिएका छन् । बन्दका कारण दाङका घोराही, तुलसीपुर, लमही, भालुवाङ, गढवा, नारायणपुर, विजौरी लगायतका सबै बजार सुनसान छन् । त्यस्तै, उद्योगधन्दा, कलकारखाना र बिद्यालयहरु पनि बन्द छन् ।

उच्च अदालत दाङमै भएको, प्रहरीको प्रदेश कार्यालय दाङमै रहेको, केन्द्रविन्दुमा पर्ने, सरकारले गठन गरेका विभिन्न समितिहरुले पनि दाङलाई नै राजधानी प्रस्ताव गरिसकेको अवस्थामा दाङमा नै पाँच नम्बर प्रदेशको राजधानी हुनुपर्ने दावी दाङवासीको छ । त्यस्तै प्रशस्त पूर्वाधार र जग्गा पनि दाङमा भएको उनीहरुको दावी छ । राजनीतिक पहुँचका भरमा सबैलाई अपायक पर्नेगरी राजधानी तोक्दा त्यसले सबै प्रदेशवासीलाई दुःख हुने र संघीयताको मर्मविपरीत हुने दाङवासीको तर्क छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?