एभर्टनमाथि टोटनहमको सानदार जित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २४, २०७८
|
|
२८ पटक हेरिएको
Shares
एभर्टनमाथि टोटनहमको सानदार जित

सारांश

  • काठमाडौं।
  • कप्तान ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले सोमबार राति इङ्लिस प्रिमियर लिगको रेलिगेशनको डरमा रहेको एभर्टनमाथि ५-० को सानदार जित निकालेको छ।
  • जितसहित टोटनहमले शीर्ष चारमा बस्ने सम्भावना बलियो पारेको छ।

काठमाडौं। कप्तान ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले सोमबार राति इङ्लिस प्रिमियर लिगको रेलिगेशनको डरमा रहेको एभर्टनमाथि ५-० को सानदार जित निकालेको छ। जितसहित टोटनहमले शीर्ष चारमा बस्ने सम्भावना बलियो पारेको छ।
१४औँ मिनेटमा एभर्टनका माइकल किनको आत्मघाती गोलमा टोटनहमले अग्रता लियो। त्यसको तीन मिनेटपछि नै ह्युङ मिन सनले टोटनहमको अग्रता दोब्बर पारे । ३७औँ मिनेटमा केनले गरेको गोलमा एन्टोनियो कोन्टेको टोलीले पहिलो हाफमै ३-० अग्रता लिएको थियो।
४६औं मिनेटमा सर्जियो रेग्युलियले गरेको गोलमा टोटनहम सहज जिततर्फ लम्किएको थियो। ५५औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेसँगै कोन्टेको टोलीले सहज जितसहित शीर्ष चारको सम्भावना कायम राखेको हो।
टोटनहम २६ खेलमा ४५ अंकसहित सातौं स्थानमा छ। जुन चौथो स्थानको आर्सनल भन्दा तीन अंक मात्र कम हो । पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको ४७ र छैटौं स्थानको वेस्ट हमको ४५ अंक रहेको छ।
लगातारको खराब प्रदर्शनले एभर्टनका प्रशिक्षक फ्रयांक लाम्पार्ड दबाबमा परेका छन्। २५ खेलबाट २२ अंक जोडेको एभर्टन १७औं स्थानमा छ । जुन १८औं स्थानको बनर्ली भन्दा एक र १९औं स्थानको वाट्फोर्ड भन्दा तीन अंक मात्र बढी हो।
एभर्टनले लिगका पछिल्लो १८ खेलमा १४ खेल हारेको छ। शनिबार ओल्ड ट्राफोर्डमा युनाइटेडलाई हराउन सके कोन्टेको टोली चौथो स्थानमा उक्लिनेछ । एभर्टनले भने आइतबार गुडिसन पार्कमा उल्भरहमटनलाई आतिथ्य गर्नेछ।[image: Tottenham-Win-Son-1024×5972021-08-30-08-08-17.jpeg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुवेतमा घरेलु कामदारले निजी क्षेत्रमा भिसा परिवर्तन गर्न पाउने
कुवेतमा घरेलु कामदारले निजी क्षेत्रमा भिसा परिवर्तन गर्न पाउने
मोहनविक्रम सिंहले लेखेको चलचित्र “फागुन २४” दाङमा पनि
मोहनविक्रम सिंहले लेखेको चलचित्र “फागुन २४” दाङमा पनि
एमालेः १९ जिल्लाका जिसस प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो
एमालेः १९ जिल्लाका जिसस प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो
नेपालकाे पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला तय
नेपालकाे पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला तय
किन आत्महत्या ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न युवाले(भिडियो सहित)
मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने  गरेको खुलासा
मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने गरेको खुलासा
आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिन सक्ने
आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिन सक्ने
एटिएम ह्याक प्रकरण : अनुसन्धानमा जटिलता, प्रहरीले मगायो विज्ञ टोली
एटिएम ह्याक प्रकरण : अनुसन्धानमा जटिलता, प्रहरीले मगायो विज्ञ टोली
नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन: प्रधानमन्त्री ओली
नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन: प्रधानमन्त्री ओली
लगानी बढाउनु सरकारको प्राथमिकता – प्रधानमन्त्री
लगानी बढाउनु सरकारको प्राथमिकता – प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?