भारतसँग नेपाल पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
३२ पटक हेरिएको
Shares
भारतसँग नेपाल पराजित

सारांश

  • काठमाडौं ।
  • भारतको राष्ट्रिय टिमसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिम पराजित भएको छ ।
  • बैंगलोरमा बुधबार साँझ भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ को सेटमा पराजित भएको हो ।

काठमाडौं । भारतको राष्ट्रिय टिमसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिम पराजित भएको छ । बैंगलोरमा बुधबार साँझ भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ को सेटमा पराजित भएको हो ।साउदर्न साई कभर्डहलमा पाँच सेटको खेलमा नेपाल भारतसँग १७–२५, १८–२५, २०–२५, १९–२५ र २५–२३ ले पराजित भएको हो । मैत्रीपूर्ण भएको कारण खेल पाँच सेटको खेलिएको थियो ।

वैदेशिक प्रशिक्षणका लागि भारतमा रहेको नेपाली टिमले अब शुक्रबार दोस्रो मैत्रीपूर्ण र मंसिर २ गते तेस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न नेपाली टिम भारत गएको हो ।

सागको लागि भारतीय टिम पनि बैंगलोरमा प्रशिक्षण गरिरहेका छन् । नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?