पल शाहलाई फेरि तनहुँ लगियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ४, २०७८
|
|
१९ पटक हेरिएको
Shares
पल शाहलाई फेरि तनहुँ लगियो

सारांश

  • बलात्कार अभियोग लागेपछि प्रहरी नियन्त्रणमा रहेका कलाकार पल शाहसँग गैँडाकोट प्रहरीले बयान सकेपछि बुधबार पुनः तनहुँ ल्याइएको छ ।
  • ​ तनहुँमा प्रहरी हिरासतमै रहेका बेला कलाकार शाहविरुद्ध नवलपुर जिल्लाको गैँडाकोटमा समेत उजुरी परेपछि बयानका लागि गैँडाकोटमा लगिएको थियो ।
  • चैत ४ गतेसम्मको म्याद तनहुँ प्रहरीले लिए पनि नवलपरासीमा समेत बलात्कारकै अभियोगमा नाबालिगबाट उजुरी परेपछि बयानका लागि गैँडाकोटमा लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बलात्कार अभियोग लागेपछि प्रहरी नियन्त्रणमा रहेका कलाकार पल शाहसँग गैँडाकोट प्रहरीले बयान सकेपछि बुधबार पुनः तनहुँ ल्याइएको छ ।

​ तनहुँमा प्रहरी हिरासतमै रहेका बेला कलाकार शाहविरुद्ध नवलपुर जिल्लाको गैँडाकोटमा समेत उजुरी परेपछि बयानका लागि गैँडाकोटमा लगिएको थियो ।

चैत ४ गतेसम्मको म्याद तनहुँ प्रहरीले लिए पनि नवलपरासीमा समेत बलात्कारकै अभियोगमा नाबालिगबाट उजुरी परेपछि बयानका लागि गैँडाकोटमा लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले शाहमाथि अब तनहुँमै थप अनुसन्धान हुने जानकारी दिए।

कलाकार शाहविरुद्ध तनहुँमै अनुसन्धान गरेर मुद्दा नवलपरासीमा बुझाइने भएको छ ।

फागुन ११ गते १६ वर्षीया गायिकामाथि जबर्जस्ती करणीको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि कलाकार शाह आफैं फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँको सम्पर्कमा आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?