पार्टी एकता सम्भव छैन: डा भट्टराई

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
पार्टी एकता सम्भव छैन: डा भट्टराई

सारांश

  • चितवन, ७ चैत , नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेकपा( माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ ।
  • आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टी एकता र कार्यगत एकता सम्भव नरहेको स्पष्ट पार्नुभयो ।
  • उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै कुरामा हारिसकेको, थाकिसकेको र पछाडि परिसकेको भन्दै उहाँले बोलेका कुराको टिप्पणी गर्नु औचित्य नभएको बताउनुभयो ।

चितवन, ७ चैत , नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेकपा( माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टी एकता र कार्यगत एकता सम्भव नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै कुरामा हारिसकेको, थाकिसकेको र पछाडि परिसकेको भन्दै उहाँले बोलेका कुराको टिप्पणी गर्नु औचित्य नभएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले आजै प्रदेश नं ३ र प्रदेश नं ४ ले आज भरतपुरमा आयोजना गरेको लुम्बिनी बैठकको भाव सम्प्रेषण एवं पार्टी आन्तरिक प्रशिक्षण कार्यक्रममा सरकारले गर्ने कामका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ देश र जनताको हितमा हुने कामको समर्थन गर्दछौँ, जनता र राष्ट्र विरोधी कामको विरोध गर्छाैं ।”

उहाँले पछिल्लो समयमा सरकारमा जान लालयित हुने धेरैको चाहना रहेको बताउँदै बहुमतको सरकार हुँदाहुँदै तीन चौथाइ बनाउन आवश्यक नरहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष हुनुपर्दछ । त्यसो भयो भने सत्तामा बस्नेले आफ्नो नीति र कार्यक्रम कार्यान्वयन गर्दछ ।” उहाँले नेपालको ठूलो श्रमशक्ति विदेशमा पलायन भएको र उनीहरुबाट आएको विप्रेषणले देशको अर्थतन्त्र चलेको बताउँदै भन्नुभयो, “नोट चल्ने भोट नचल्ने जुन प्रणाली छ यो परिवर्तन हुनुपर्दछ ।” कार्यक्रममा नयाँ शक्ति पार्टीको हालै सम्पन्न लुम्बिनी बैठकको भाव सम्प्रेषणसम्बन्धी पाँच बुँदे घोषणाको सामूहिक संकल्प वाचन गरिएको थियो । उक्त वाचनमा देशमा समस्या छ, समस्याका कारण छ । समस्याको निवारण छ, पाँच ‘स’को माध्यमबाट समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने वाक्यांश शुरु गरी पाँच बुँदे घोषणाको सामूहिक पाठ गरिएको थियो ।

(https://chiringa.com/)

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Pancha Mandupa

    Party ekatako pani samvab xaina , partyko unnatiko symptom dekhidaina aba madhyamargi bato rojnu parla lagi ra- xa nepalma

    Comment Author

    Bekharam Maharjan

    Yatrasiti

    Comment Author

    Ram Sharma

    Ekata ko lagi manxe pni hunu pryo ni party maa..

    Comment Author

    Ganesh Dhakal

    तिमिचाहिदैन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?