यी हुन् एकजनालेमात्र डिभी लोटरी पारेका र पार्दै नपारेका देश

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
यी हुन् एकजनालेमात्र डिभी लोटरी पारेका र पार्दै नपारेका देश

सारांश

  • सन् २०१९ का लागि डिभी लोटरीको नजिता र लोटरी पार्नेहरुको विवरण सार्वजनिक भएलगत्तै डिभी लोटरीको नतिजामा केही रोचक विवरणहरु समेत देखिएका छन् ।
  • कतिपय योग्य देशबाट एकजनाले पनि डिभी लोटरी पारेका छैनन् भने कतिपय देशका १ जनालेमात्र पनि डिभी लोटरी पारेका छन् ।
  • अफ्रिकाको इस्वाटिनी र सेचेलेसका एकएकजनालेमात्र डिभी लोटरी पारेका छन् ।

सन् २०१९ का लागि डिभी लोटरीको नजिता र लोटरी पार्नेहरुको विवरण सार्वजनिक भएलगत्तै डिभी लोटरीको नतिजामा केही रोचक विवरणहरु समेत देखिएका छन् ।

कतिपय योग्य देशबाट एकजनाले पनि डिभी लोटरी पारेका छैनन् भने कतिपय देशका १ जनालेमात्र पनि डिभी लोटरी पारेका छन् ।

अफ्रिकाको इस्वाटिनी र सेचेलेसका एकएकजनालेमात्र डिभी लोटरी पारेका छन् । एसियामा बु्रनाई र टिमोर लेस्टका १ जनालाई पनि डिभी लोटरी परेन । उत्तर कोरियाका भने १ जनाले डिभी लोटरी पारेका छन् ।

त्यस्तै युरोपको एण्डोराका एकजनालाई पनि डिभी लोटरी परेन । फ्रेन्च पोलिनेसिया, सेन्ट मार्टिन र सेन्ट पिरे एण्ड मिक्वेलनका एकएकजनालाई डिभी लोटरी परेको छ । मोनाको, स्भालबार्ड र सान मारिनोका पनि एकएकजनालाई डिभी लोटरी परेको छ ।

ओसियानाका मार्शल आइल्याण्ड, तुभालु र भानुआटुका कसैलाई पनि डिभी लोटरी परेन । तर माइक्रोनेसियाका एकजनालाई डिभी लोटरी परेको छ । साउथ अमेरिकामा बेलिज, सेन्ट लुसिया र सुरिनामका कसैलाई पनि डिभी लोटरी परेन ।

सन् २०१९ का लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीनको मुख्यभूमी, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, साउथ कोरिया, नर्थन आयरल्याण्ड बाहेक युके र त्यसका माताहतका भूभागहरु, र भियतनाम डिभी लोटरीका लागि योग्य थिएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?