घुस रकम सहित सहायक वन अधिकृत पक्राउ
सारांश
- गाईघाट १८,कार्तिक।
- एक सेवाग्राही लाई खाटगद्धीमा राखिएको काठको सेटिङ मिलाइदिने भन्दै सदरमुकाम गाइघाटमा रहेको जिल्ला बन को सम्पर्क कार्यालयमा घुस रकम लिदालिदै जिल्ला बन कार्यालय उदयपुरका सहायक वन अधिकृत सत्यनारायण साह लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको टोलीले कार्यालयबाट घुस रकम नगद साठी हजार सहित पक्राउ गरेको हो ।
- डिभिजन वन कार्यालय त्रिवेणी कटारी मातहतको कार्यालय नेपालटारका प्रमुख रहेका साह घुस लिँदा लिँदै पक्राउ परेका हुन् ।
गाईघाट १८,कार्तिक।एक सेवाग्राही लाई खाटगद्धीमा राखिएको काठको सेटिङ मिलाइदिने भन्दै सदरमुकाम गाइघाटमा रहेको जिल्ला बन को सम्पर्क कार्यालयमा घुस रकम लिदालिदै जिल्ला बन कार्यालय उदयपुरका सहायक वन अधिकृत सत्यनारायण साह लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको टोलीले कार्यालयबाट घुस रकम नगद साठी हजार सहित पक्राउ गरेको हो ।
डिभिजन वन कार्यालय त्रिवेणी कटारी मातहतको कार्यालय नेपालटारका प्रमुख रहेका साह घुस लिँदा लिँदै पक्राउ परेका हुन् । सेवाग्राहीले सबै नियम कानुन पुरा गरी खाटगद्धीमा राखिएको काठ बाहिर लैजाने तयारी गर्दा पैसा नदिएसम्म नलैजान भनी साहले अवरोध गरेको सेवाग्राहीले बताए।
उनले आफ्नो मातहतका अरु सामुदायिक वनका विक्रीका लागि घाटगद्धीमा राखिएका काठको समेत प्रकृया मिलाइदिने भन्दै प्रत्येकसँग रकम माग गर्ने गरेको सेवाग्राहीले बताए उनी पक्रा ।
उनलाई पहिलो सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका हुन् । सेवाग्राहीले सबै पकृया पुरा गरेको काठ बाहिर लैजाने तयारी गर्दा पैसा नदिएसम्म लैजान नदिने भन्दै साहले अवरोध गरेको बताएका छन् ।
पक्राउ परेका साहले आफुले घुस नलिएको बताए । ‘मैले काष्ठ व्यवसायीसँग सापटी मागेको थिएँ, पैसा लिएर गोजीमा राख्नसाथ टोलीले समात्यो’, उनले भने । तर सेवाग्राहीले भने सापटी नभई घुस मागेको दाबी गरेका छन् । उनले टेलिफोन गरेर सम्र्पक कार्यालयमा बोलाएको बताए ।
प्रतिक्रिया