नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७८
|
|
२१ पटक हेरिएको
Shares
नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित

सारांश

  • वाशिंटन।
  • अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन्।
  • ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेकाे उल्लेख गरिएको छ।

वाशिंटन। अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन्। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेकाे उल्लेख गरिएको छ।
लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्बर १५ देखि अमेरिकाको परराष्ट्र सेवामा दक्षिण तथा मध्य एसियाका लागि मुख्य सहायकमन्त्रीको भूमिकामा कार्यरत रहेका छन्। उनको नियुक्तिलाई सिनेटले अनुमोदन गरेपछि नेपालका लागि राजदूत नियुक्त हुने व्यवस्था रहेको छ।
परराष्ट्र सेवामा लामो समय काम गरेका थम्सनको राजदूतको भूमिकामा नियुक्त भएको पहिलोपटक हो। यस अगाडि उनीसँग मलेसियाको राजधानी क्वालालम्पुरमा चिफ अफ मिशन भएर काम गरेको अनुभव रहेको छ। यसअघि रोमानियाका लागि उपनियोग प्रमुख भएर काम गरेका थम्सनले विभिन्न पदमा रहेर भारत, श्रीलङ्कालगायत देशमा पनि बस्नुभएको स्टेट डिपार्टमेन्टमा रहेको उनको व्यक्तिगत विवरणमा उल्लेख गरिएको छ।
अमेरिकी विदेशमन्त्रीहरुलाई सिधा सहयोग, चौबिसै घण्टा खुला हुने अपरेशन सेन्टर लगायतका विभिन्न इकाइमा बसेर देश सेवा गरेका थम्सनले परराष्ट्र सेवाभन्दा अघि रक्षा मन्त्रालय मातहत रहेर काम गर्नुभएको अनुभवसमेत रहेको छ।
युनिभर्सिटी अफ मेरिल्यान्डको पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेशनल सेक्युरिटी स्टडीमा स्नातकोत्तर उपाधि ग्रहण गरेका छन्। [image: Capture.JPG]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्
राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्
सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकास : खेलकुदमन्त्री लिम्बू
सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकास : खेलकुदमन्त्री लिम्बू
As to why Women Are Looking For Marriage Partners
पार्टी एकता प्रक्रिया अन्तिम चरणमा, आज ठोस कदम चल्छ : प्रवक्ता भुसाल
पार्टी एकता प्रक्रिया अन्तिम चरणमा, आज ठोस कदम चल्छ : प्रवक्ता भुसाल
पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोड्ने
पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोड्ने
सुरक्षित सडक यात्राको नीति कडाइका साथ कार्यान्वयन गरिने  मन्त्री कार्की
सुरक्षित सडक यात्राको नीति कडाइका साथ कार्यान्वयन गरिने  मन्त्री कार्की
सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ :  गृहमन्त्री श्रेष्ठ
सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित, कोरोना बन्यो भयावह
आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित, कोरोना बन्यो भयावह
कांग्रेस नेता पौडेलका स्पोन्सरले मागे माफी, जापानले फर्काउनुको कारण यस्तो
कांग्रेस नेता पौडेलका स्पोन्सरले मागे माफी, जापानले फर्काउनुको कारण यस्तो
ऋषि धमलालाई साझा उम्मेद्धवार बनाउन प्रयास गरिरहेका छौं : राजपा नेपाल
ऋषि धमलालाई साझा उम्मेद्धवार बनाउन प्रयास गरिरहेका छौं : राजपा नेपाल

तपाईंले छुटाउनुभयो कि?