सरकार गठन र पार्टी एकता सँगसँगै- महासचिव पोखरेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
सरकार गठन र पार्टी एकता सँगसँगै- महासचिव पोखरेल

सारांश

  • काठमाडौँ, २९ मंसिर , नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउनुभएको छ ।
  • रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गर्नुभयो ।
  • वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनु स्वभाविक भए पनि औपचारिक निर्णयपछि मात्र आफूले बोल्ने उहाँले जनाउनुभयो ।

काठमाडौँ, २९ मंसिर , नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गर्नुभयो ।

वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनु स्वभाविक भए पनि औपचारिक निर्णयपछि मात्र आफूले बोल्ने उहाँले जनाउनुभयो । पार्टी एकताका लागि एकता संयोजन समितिले गृहकार्य गरिरहेको छ ।

महासचिव पोखरेलले राष्ट्रियसभामा बहुमतीय प्रणालीमा निर्वाचन हुनुपर्ने र ताजा जनादेश आइसकेकाले वर्तमान सरकार नलम्ब्याई तत्काल नयाँ सरकार गठन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?