आजको राशिफल

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २६, २०७८
|
|
४१ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारबाट अर्थलाभ हुनेछ । परिवार र सन्तानबाट साथ र सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईंको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु बेस हुनेछ । आजको यात्राबाट तपाईंलाई फाइदा हुनसक्छ । यात्रा गर्नभन्दा अघि घरका बृद्ध मानिसका आशीर्वाद लिनु हाेला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातकका लागि आजको दिन व्यापारव्यवसायमा सोचेअनुसार नहुन सक्छ । तपाईंको सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले होसियारी अपनाउनुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंलाई साथ दिनेछन् । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। कसैसँग विवाद नगर्नुहोला । बिहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेकाले आजको दिन सोचअनुसार काम गर्दा सफलता हाल लाग्नेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवैको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । देवालयको मन्दिर क्षेत्रमा गएर कुनै गरिब व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम सुरु नगर्नुहोला । सहयोगी आफन्त र मित्रबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय यात्राले तपाईंलाई मनमा शान्ति प्राप्त हुनेछ । कसैलाई अपमान नगर्नुहोला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्राको अवसर र सम्भावना पनि छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने सम्भावना रहेको छ । हाेस् पुर्‍याउनुहाेला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । परिवार र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नै सकारात्मक उर्जा मिल्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन देवालय र शिवालयको यात्राले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आजको दिन कसैको आशा र भरोसा नराखी आफ्नो कर्मयात्रामा निरन्तर लाग्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : तपाईंले सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा सकारात्मक सोच आउने छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकालाई केही खाना र बस्त्र दान दिनुभयो भने मनमा हर्ष छाउने छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन अध्ययनअध्यापनमा समय बिताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । तपाईंको स्वास्थ्यमा ख्याल राख्नुहोला । परिवारका सदस्यसँग समय विताउनु होला । घरको काममा ध्यान दिनुभयो भने परिवारमा खुसियाली छाउनेछ । आजको दिन शिवालय र देवालयको यात्रा मात्र गर्नु बेस हुनेछ । लामो यात्रा गर्दा तपाईंलाई समस्या [image: rashiphal.jpg] आउनसक्छ । अध्ययन, चिन्तनमनन समय विताउनुहोला । सामाजिक सेवामा समय खर्च गर्दा बेस हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेस सांसद मोहम्मद अफ्ताव पक्राउ
नेपाली कांग्रेस सांसद मोहम्मद अफ्ताव पक्राउ
लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री
लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री
राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल
राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल
कांग्रेसका विश्वप्रकाश शर्मा झण्डै ३ हजार मतले पराजित
कांग्रेसका विश्वप्रकाश शर्मा झण्डै ३ हजार मतले पराजित
कस्तो रहला आज देशभरको मौसम?
कस्तो रहला आज देशभरको मौसम?
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
कृष्णबहादुर महराले यी ६ जनालाई मात्रै भेट्ने अनुमति दिए
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
जब चिनियाँ राजदूत यान्छी नेपाली गीतमा नाचिन् (भिडियो सहित)
जब चिनियाँ राजदूत यान्छी नेपाली गीतमा नाचिन् (भिडियो सहित)
नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन: प्रधानमन्त्री ओली
नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन: प्रधानमन्त्री ओली