सर्वोच्च अदालतको निर्णय: देशभरका अदालत चैत २२ गतेसम्म बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
२७ पटक हेरिएको
Shares
सर्वोच्च अदालतको निर्णय: देशभरका अदालत चैत २२ गतेसम्म बन्द

सारांश

  • काठमाडौं, ७ चैत्र।
  • कोरोना संक्रमणलाई मध्यनजर गर्दै देशैभरीका अदालत चैत २२ गतेसम्म बन्द हुने भएका छन्।
  • विश्वभर आतंक मच्चाइ रहेको कोरोना भाइरसको संभावित संक्रमणबाट जोखिन देशभरका अदालत चैत २२ गतेसम्म बन्द गर्ने निर्णय गरिएको हो।

काठमाडौं, ७ चैत्र। कोरोना संक्रमणलाई मध्यनजर गर्दै देशैभरीका अदालत चैत २२ गतेसम्म बन्द हुने भएका छन्।
विश्वभर आतंक मच्चाइ रहेको कोरोना भाइरसको संभावित संक्रमणबाट जोखिन देशभरका अदालत चैत २२ गतेसम्म बन्द गर्ने निर्णय गरिएको हो।
सर्वोच्चका अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको अध्यक्षमा बसेको पूर्ण इजलासको बैठकले चैत २२ गतेसम्म देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो।
बन्दी  प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाको सुनुवाई चैत २२ गतेसम्म रोकिने भएका छन्।
अदालतले मुद्दाको सुनुवाइ बन्द गरी शुक्रबार (आज) पूर्ण बैठक बस्नेबारे यही चैत ५ गते निर्णय गरेको थियो।
नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न अदालतसमक्ष आग्रह गरेको थियो।
बारले यही चैत ४ प्रेस विज्ञप्तिमार्फत मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न आग्रह गरेको थियो।
अदालतले नियमित परीक्षण गरेर मात्र सेवा प्रवाह गर्न शुरु गर्ने व्यवस्था मिलाउनुपर्ने वा उक्त व्यवस्था गर्न नसकिएमा बन्दीप्रत्यक्षीकरणको अत्यावश्यकबाहेक सेवा प्रवाह नगर्ने निर्णय गर्न बारले आग्रह गरेको थियो।

अदालतमा धेरै सेवाग्राहीको भीडभाड हुने कोरोनाको संक्रमणको सम्भावना हुने हुँदा संक्रमणको सम्भावना न्यूनीकरण गर्न माग गरिएको थियो। सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन हप्ताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?