प्रम देउवाद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रम देउवाद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
  • प्रधानमन्त्री देउवाले महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टिक सर्जरी गरी उपचार गराइरहनुभएका जोशीको स्वास्थ्य अवस्थाबारे आज अस्पताल पुगेर जानकारी लिनुभएको हो ।

काठमाडौँ, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री देउवाले महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टिक सर्जरी गरी उपचार गराइरहनुभएका जोशीको स्वास्थ्य अवस्थाबारे आज अस्पताल पुगेर जानकारी लिनुभएको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका जोशीलाई मुटुमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । एन्जिओप्लास्टिक सफल सर्जरीपछि जोशीको स्वास्थ्य अवस्था सुघारोन्मुख हुँदै गएको उहाँका स्वकीय सचिव पुस्करराज पाण्डेले जानकारी दिनुभयो ।

जोशीलाई अझै केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिएको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?