कुखुराको मासु पोखिएको विवादमा हत्या, २ पक्राउ
सारांश
- भक्तपुर ।
- भक्तपुर चाँगुनारायण नगरपालिका–७ जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
- गत असार १५ गते राति कुखुराको मासु पोखिदिएको विषयमा भएको वादविवादका भएपछि कार्कीको हत्या भएको थियो ।
भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका–७ जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गत असार १५ गते राति कुखुराको मासु पोखिदिएको विषयमा भएको वादविवादका भएपछि कार्कीको हत्या भएको थियो । रक्सी खाने क्रममा मासु पोखिएको विषयमा विवाद हुँदा धारिलो हतियार प्रयोग गरी कार्कीको हत्या गरेको प्रहरीले बताएको छ । सामान्य विवादमा उमेशले कुखुराको मासु पोखिदिएपछि रिसमा अन्धाधुन्ध रड र चक्कुले प्रहार गर्दा उमेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्या अभियोगमा प्रहरीले सर्लाही जगतपुर घर भई हाल नेपाली सेनामा कार्यरत ३५ वर्षीय रामसागर चौधरी र सर्लाही हरिपुर–७ घर काठमाडौँ सानो भ¥याङ बस्ने २९ वर्षीय गंगाराम चौधरीलाई पक्राउ गरेको हो । घटनामा संलग्न तीनजना अझै फरार रहेको बताएपनि प्रहरीले परिचय खुलाएको छैन ।
घटनास्थलबाट प्रहरीले टुप्पो भाँचिएको रगत लागेको स्टिलको बिँड भएको १० इन्च लम्बाइ भएको धारिलो चक्कु एक, फलामको रड, मोबाइल बरामद गरिएको थियो ।
प्रतिक्रिया