किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १२, २०७६
|
|
३४ पटक हेरिएको
Shares
किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट

सारांश

  • बीबीसी।
  • उत्तर कोरियाली नेता किम जङ-अन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीवार भेट भएको छ।
  • उनीहरू रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक नगरनजिकै रहेको रुस्की टापुमा भेला भएका छन्।
बीबीसी। उत्तर कोरियाली नेता किम जङ-अन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीवार भेट भएको छ। उनीहरू रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक नगरनजिकै रहेको रुस्की टापुमा भेला भएका छन्।
उनीहरूको शिखरवार्तामा रुसले दुई पक्षबीच कोरियाली प्राय:द्वीपको 'परमाणु समस्या'को विषयमा वार्ता हुने बताएको छ। तर किमले चाहिँ अमेरिकासँग वार्ता विफल भएपछि अब रुसको समर्थन खोज्ने अपेक्षा गरिएको छ।
डोनल्ड ट्रम्प र किमले यो वर्षको सुरुमा हानोईमा उत्तर कोरियाको परमाणुअस्त्र कार्यक्रमबारे शिखरवार्ता गरेका थिए। तर उनीहरूको बैठक कुनै सहमतिबिना सकिएको थियो।
पुटिनसँग पहिलो पटक भेट्न किम बुधवार रेल चढेर भ्लादिभोस्तोक पुगेका थिए। किम आफ्नै रेल चढेर रुस पुगेका थिए। 
त्यहाँ पुग्नेबित्तिकै उनले रुसी अधिकारीहरूलाई न्यानो अभिवादन गरेका थिए। त्यहाँ किम कारमा चढ्दै गर्दा एक साङ्गीतिक टोलीले मनोरञ्जन दिएको थियो। उनको कारसँगसँगै उनका अङ्गरक्षकहरू मन्द गतिमा कुदिरहेको देखिएको थियो।
"म हाम्रा जनताको न्यानो भावना लिएर रुस आएको छु। मेरो आशा छ यो भ्रमण सफल र उपयोगी हुनेछ," किमले खसनमा सीमा पार्दै गर्ने क्रममा रुसी टेलिभिजनसँग भने। "सम्माननीय पुटिनसँगको भेटमा कोरियाली प्राय:द्वीपको अवस्था सुधार्ने र हाम्रो दुईपक्षीय सम्बन्ध सुधार्ने विषयमा ठोस ढङ्गले कुराकानी हुने मेरो आशा छ।"
रुसका टापुमा रुसी र उत्तर कोरियाली झन्डाहरू फहराइरहेका छन्। त्यहाँस्थित एउटा विश्वविद्यालयको परिसरमा दुई नेताबीच भेट हुने कार्यक्रम छ। रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभको भनाइमा क्रेमलिन उत्तर कोरियाको विषयमा जारी छ पक्षीय वार्ता फेरि सुरु हुनुपर्ने पक्षमा छ। उसको भनाइमा त्यो वार्ता प्रक्रियामार्फत् कोरियाली प्राय:द्वीपमा परमाणुअस्त्रको विवादलाई सम्बोधन गर्न सकिन्छ।
सन् २००३ मा सुरु गरिएको त्यो वार्तामा दुई कोरिया, चीन, जापान, रुस र अमेरिका सहभागी हुने गरेका छन्। तर त्यस्तो बहुपक्षीय वार्ता केही समययता अवरुद्ध हुँदै आएको छ।
बीबीसीकी लरा बिकर भन्छिन् अमेरिकासँग सम्बन्ध चिसिएपछि उत्तर कोरियाले अहिले आफ्ना अन्य बलिया विश्वशक्ति पनि मित्र रहेको देखाउन खोजिरहेको छ।
यो रुसका लागि पनि कोरियाली प्राय:द्वीपमा आफ्नो प्रभाव कायमै छ भनेर देखाउने अवसर हो।  हालै उत्तर कोरियाले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका कारण अमेरिकासँगको वार्ता विफल भएको बताएको थियो।  उसले पोम्पेओलाई वार्ता प्रक्रियाबाटै हटाउनु पर्ने माग गरिसकेको छ।

(https://ctlsites.uga.edu)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ