ओलीले पाेखरामा भने-चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २६, २०७९
|
|
५२ पटक हेरिएको
Shares
ओलीले पाेखरामा भने-चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्

सारांश

  • पोखरा।
  • एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन्।
  • ‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदर आउँछ ।

पोखरा। एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन्।

‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ (चुनावमा) पाँचवटा छन्। हामी सतर्क हुन जरुरी छ। धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन।’

गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन उनले कार्यकर्तालाई सुझाएका छन् । ‘पाँचदलीय गबठन्धन भोटले जित्ने होइन । भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन्,’ उनी भन्छन्, ‘गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ । एमालेलाई पार्टी मात्रै होइन लोकतन्त्र जित्ने कुरामा छौं । हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौं । कसैले शान्ति सुब्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन ।’

उनले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाए । ‘एमालेलाई प्रशासन र प्रहरीको सहयोग चाहिँदैन । मतदाताबाट सहयोग छ,’ ओलीले भने, ‘तपाईंका सहयोग एमालेलाई चाहिँदैन । तटस्थ निर्वाचन गराउनुस् ।’ उनले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गरेका छन् । ‘परमादेशबाट आएको गठबन्धन हो । कसले फालेको हो थाहा छैन । यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरामा
डा. केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरामा
इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी अभाव
इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी अभाव
दशैलगत्तै प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने
दशैलगत्तै प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने
Telugu actress Sri Reddy accuses Aamir Khan’s Ghajini director AR Murugadoss of sexual exploitation!
Telugu actress Sri Reddy accuses Aamir Khan’s Ghajini director AR Murugadoss of sexual exploitation!
उदयपुर निर्माण व्यवसायी संघको अध्यक्षमा आचार्य
उदयपुर निर्माण व्यवसायी संघको अध्यक्षमा आचार्य
जोशीपछि सर्वोच्चमा दोस्रो वरियताका मिश्रको पनि छैन उज्यालो छवि
जोशीपछि सर्वोच्चमा दोस्रो वरियताका मिश्रको पनि छैन उज्यालो छवि
नैतिकताविहीन देउवा सरकारले राजनीतिक अराजकता मच्चायो : महरा
नैतिकताविहीन देउवा सरकारले राजनीतिक अराजकता मच्चायो : महरा
प्रधानमन्त्रीको प्रश्न, ‘बालुवाटार अहिलेको सरकारले मासेको हो र ?’
प्रधानमन्त्रीको प्रश्न, ‘बालुवाटार अहिलेको सरकारले मासेको हो र ?’
‘राजाको जेठो छोरा दीपेन्द्रको लाश ल्याउँदा प्रहरी र सेनाले पनि सेता कपडा लगाएका थिए’
‘राजाको जेठो छोरा दीपेन्द्रको लाश ल्याउँदा प्रहरी र सेनाले पनि सेता कपडा लगाएका थिए’
दक्षिणायनको अन्तिम औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै
दक्षिणायनको अन्तिम औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै