एक खेल अघि नै नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डलाई शृंखला

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ६, २०७९
|
|
३९ पटक हेरिएको
Shares
एक खेल अघि नै नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डलाई शृंखला

सारांश

  • काठमाडौं।
  • दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेसँगै इङ्ल्यान्डले तीन खेलको शृंखला एक खेल अगावै जितेको छ ।
  • आइतबार ४१ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले दिएको २३६ रनको लक्ष्य इङ्ल्यान्डले ३६,१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।

काठमाडौं। दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेसँगै इङ्ल्यान्डले तीन खेलको शृंखला एक खेल अगावै जितेको छ ।

आइतबार ४१ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले दिएको २३६ रनको लक्ष्य इङ्ल्यान्डले ३६,१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।

इङ्ल्यान्डको जितमा ओपनरद्वय ज्यासन रोयले ७३ र फिल साल्टले ७७ रन बनाए । रोयले ६० बलमा १३ चौका र एक छक्का प्रहार गर्दा साल्टले ५४ बलमा चौका हिर्काए ।

यसबाहेक, मोइनल अलिले अविजित ४२ र डेभिड मिलानले ३६ रन जोडे । तर, इङ्ल्यान्डका कप्तान इयोन मोर्गन डक आउट भए । मोर्गन शृंखलाको पहिलो खेलमा पनि गोल्डेन डक आउट भएका थिए ।

नेदरल्यान्ड्सका आर्यन दत्तले दुई विकेट लिँदा टिम प्रिङ्गल र टिम कुपरले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित ४१ ओभरमा सात विकेट गुमाएर दुई सय ३५ रनको योगफल तयार गरेको थियो ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवाड्सले सर्वाधिक ७८ र बनाए । उनले ७३ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । यसबाहेक, बास डे लिडेले ३४, लोगन भान बीकले ३० र तेजा निडामानुरुले २८ रन बनाए ।

इङ्ल्यान्डका डेविड विले र आदिल राशिदले समान दुई विकेट लिँदा ब्रिडन कार्से र लियम लिभिङस्टोनले १-१ विकेट लिए ।

यी दुई टिमबीचको अन्तिम एकदिवसीय खेल जुन २२ मा हुने तालिका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योगका लागि ११ अरव ७४ करोड बजेट विनियोजन
उद्योगका लागि ११ अरव ७४ करोड बजेट विनियोजन
हट्ने भए काठमाडौंका १८ पेट्रोल पम्प (सूचीसहित)
हट्ने भए काठमाडौंका १८ पेट्रोल पम्प (सूचीसहित)
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
‘सेतो कपालले केही गर्न सक्दैन भन्ने होइन, ८६ का गिरिजाले ५६ का प्रचण्डलाई डोर्याएकै हुन्’
१९ वर्षमुनिको विश्वकप तयारी : भारतको फ्रेन्डस् स्पोर्टसलाई नेपालले १२१ रनले हरायो
१९ वर्षमुनिको विश्वकप तयारी : भारतको फ्रेन्डस् स्पोर्टसलाई नेपालले १२१ रनले हरायो
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह
बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह
भाईको हत्या आरोपमा दाई पक्राउ
भाईको हत्या आरोपमा दाई पक्राउ
जेठ ३२ गते आइतबारको राशिफल यस्तो छ
जेठ ३२ गते आइतबारको राशिफल यस्तो छ
सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल
सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल