१९ वर्षमुनिको विश्वकप तयारी : भारतको फ्रेन्डस् स्पोर्टसलाई नेपालले १२१ रनले हरायो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
५५ पटक हेरिएको
Shares
१९ वर्षमुनिको विश्वकप तयारी : भारतको फ्रेन्डस् स्पोर्टसलाई नेपालले १२१ रनले हरायो

सारांश

  • काठमाडौं, असार २० – उन्नाइस वर्षमुनीको विश्वकप छनौट खेलको तयारीको लागि भारत गएको नेपाली टोलीले भारतको फ्रेन्डस् स्पोर्टस एकेडमी नोयडाको टिमलाई १ सय २१ रनले हराएको छ ।
  • नोयोडाका फ्रेन्डस् स्पोर्टस एकेडमीमा नेपालले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको फ्रेन्डस् एकेडमीले ३२ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रन मात्रै बनाएपछि नेपाल १ सय २१ रनले विजयी भयो ।
  • फ्रेन्डस् स्पोर्टस एकेडमीलाई १ सय २९ रनमा सिमित गर्न नेपालका शाहव आलमले ३, सन्दीप लामिछानेले २ र रोहित पौडेलले २ विकेट लिए ।

काठमाडौं, असार २० – उन्नाइस वर्षमुनीको विश्वकप छनौट खेलको तयारीको लागि भारत गएको नेपाली टोलीले भारतको फ्रेन्डस् स्पोर्टस एकेडमी नोयडाको टिमलाई १ सय २१ रनले हराएको छ ।

नोयोडाका फ्रेन्डस् स्पोर्टस एकेडमीमा नेपालले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको फ्रेन्डस् एकेडमीले ३२ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रन मात्रै बनाएपछि नेपाल १ सय २१ रनले विजयी भयो । फ्रेन्डस् स्पोर्टस एकेडमीलाई १ सय २९ रनमा सिमित गर्न नेपालका शाहव आलमले ३, सन्दीप लामिछानेले २ र रोहित पौडेलले २ विकेट लिए ।

यअअघि टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले निर्धारित ४० ओभरमा ७ विकेट गुमाएर २ सय ५० रन बनाएको हो । नेपालका अनिल साहले ५० र प्रनित थापाले ८७ रन बनाए । यस्तै दिपेन्द्रसिंह ऐरी ४४, आदिल खाँन १३, सन्दिप सुनार १० र आसिफ शेख शुन्यमै आउट भए ।

रोहित पौडेलले २३ रन बनाए ।  १९ वर्षमुनिको विश्वकप छनोट आगामी साउन १ गतेदेखि १० गतेसम्म सिंगापुरमा हुँदैछ । छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तानले डबल राउण्ड रोबिनका आधारमा खेल्ने छन् । शीर्ष टोली न्युजिल्यान्डमा हुने १९ वर्षमुनिको विश्वकपका लागि छनोट हुने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलाे सुन प्रकरण: गोरे को बयान आगामी आइतबार पनि जारी रहने ।
३३ किलाे सुन प्रकरण: गोरे को बयान आगामी आइतबार पनि जारी रहने ।
माधव नेपाललाई अर्काे झट्का, सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा
माधव नेपाललाई अर्काे झट्का, सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा
वैशाखमै भव्य कार्यक्रमको साथ् ‘डी सिने अवार्ड’, हेटौडामा हुनेछ
वैशाखमै भव्य कार्यक्रमको साथ् ‘डी सिने अवार्ड’, हेटौडामा हुनेछ
झुट बोल्ने कृष्णबहादुर कि रोशनी ? पोलिग्राफ टेस्टले स्पष्ट पार्ने
झुट बोल्ने कृष्णबहादुर कि रोशनी ? पोलिग्राफ टेस्टले स्पष्ट पार्ने
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
अत्यासलाग्दो चुनाव खर्चः अब ‘आममान्छे’ले चुनाव लड्न नसक्ने भए
अत्यासलाग्दो चुनाव खर्चः अब ‘आममान्छे’ले चुनाव लड्न नसक्ने भए
बारामा हावा हुरीका कारण झण्डै दुई दर्जनको मृत्यु
बारामा हावा हुरीका कारण झण्डै दुई दर्जनको मृत्यु
पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै, यस्तो छ कार्यक्रम
पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै, यस्तो छ कार्यक्रम
शरणार्थी’ प्रकरण : ‘संसदीय समिति’ गठन गर्न माग
शरणार्थी’ प्रकरण : ‘संसदीय समिति’ गठन गर्न माग
राजेश हमालको पनि युट्युव च्यानल
राजेश हमालको पनि युट्युव च्यानल