सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०८०
|
|
२१ पटक हेरिएको
Shares
सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल

सारांश

  • काठमाडौँ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
  • परीक्षमा अनुत्र्तीण भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अनियमतता भएको पाइएको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परीक्षमा अनुत्र्तीण भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अनियमतता भएको पाइएको छ । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाहीले आफ्नो आधिकारिक ‘युजर आइडी’ प्रयोग गरी सवारी चालक अनुमतिपत्रको परीक्षामा बदमासी गरेको पाइएको छ ।

उनले लिखित परीक्षामा एक सय ८० जना र प्रयोगात्मक परीक्षामा दुई सय ८३ परीक्षार्थीको परीक्षाको परिणाम फेरबदल गरेको पाइएको छ । आयोगले कार्यालय प्रमुख शाही, यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया, कम्प्युटर अपरेटर पवनबहादुर रावल पनि गैरकानुनी काममा संलग्न रहेको पाइएको छ । आयोगले उनीहरूविरुद्ध भ्रष्टाचारको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?