विद्युत अनियमित भएपछि व्यवसायीहरुको यस्तो उठ्यो रिस
सारांश
- दाङ, १० जेठ ।
- तुलसीपुर क्षेत्रमा भएको विद्युत अनियमितताको मार खेप्दै आइरहेका स्थानीयले विहीवार तुलसीपुरस्थित विद्युत कार्यालयमा पुगेर धर्ना दिएका छन् ।
- उनीहरुले नेपाल विद्युत प्राधिकरण शाखा तुलसीपुरले बिना जानकारी विद्युत कटौति र आन्तरिक लोडसेडिङ मनोमानी तरिकाले गरेको भन्दै २४ घण्टाभित्र नियमित सेवा सुधार गर्न र एक हप्ताभित्र विद्युत कार्यालयबाट प्रदान हुने सबै सेवाहरु सुधार गर्न ज्ञापनपत्र समेत बुझाएका छन् ।
दाङ, १० जेठ । तुलसीपुर क्षेत्रमा भएको विद्युत अनियमितताको मार खेप्दै आइरहेका स्थानीयले विहीवार तुलसीपुरस्थित विद्युत कार्यालयमा पुगेर धर्ना दिएका छन् । उनीहरुले नेपाल विद्युत प्राधिकरण शाखा तुलसीपुरले बिना जानकारी विद्युत कटौति र आन्तरिक लोडसेडिङ मनोमानी तरिकाले गरेको भन्दै २४ घण्टाभित्र नियमित सेवा सुधार गर्न र एक हप्ताभित्र विद्युत कार्यालयबाट प्रदान हुने सबै सेवाहरु सुधार गर्न ज्ञापनपत्र समेत बुझाएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको नेतृत्वमा विद्युत कार्यालयमा पुगेका स्थानीय उद्योगी, ब्यापारी, पत्रकार, नागरिक अगुवा, पेशाकर्मी र स्वतःस्फुर्त सहभागी भएका स्थानीयहरुले विद्युत कार्यालयले गरेको अन्यायका बारेमा समेत आफ्ना भनाईहरु राखेका थिए । ज्ञापनपत्र बुझाउँदै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रावतले अनियमितता र लापरवाहीका कारण सबै क्षेत्र प्रभावित भएको भन्दै कडा शब्दमा ध्यानाकर्षण गराएका थिए । उनले विद्युत कार्यालयले आफ्ना सेवा र आनीबानी सुधार नगरे चरणवद्ध आन्दोलन थाल्ने चेतावनी दिएका थिए ।
त्यस अवसरमा निवर्तमान अध्यक्ष विमल रिजालले विद्युत कार्यालयको लापरवाहीका कारण भएको क्षतिपूर्ति समेत कार्यालयले ब्यहोर्नु पर्ने बताएका थिए । उनले जनप्रतिनिधिहरुले आम जनताको चासो र समस्याका बारेमा वास्ता नदिएपछि निजी क्षेत्रले ब्यवसायीका पक्षमा आवाज उठाउन लागेको बताए । उनले कर्मचारीहरुले सेवाग्राहीलाई सम्मान गर्न समेत आग्रह गरेका थिए ।
रिर्पाेर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले विद्युत कार्यालयले गर्ने कामका बारेमा नागरिकहरुले समयमै सूचना पाउनुपर्र्नेे बताए । उनले जानकारी दिनभरि विद्युत सेवा प्रभावित हुँदा नागरिकहरु अन्योलमा पर्ने वातावरणको अत्य गर्नुपर्ने बताए । सो अवसरमा ब्यवसायीहरु अनुपकुमार श्रेष्ठ, नरेश राजभण्डारी, कुशल तर्ताल, श्याम घले, रुपबहादुर खत्री, तुलसीपुर जेसीजका अध्यक्ष दीपेश भण्डारी, रोट्रयाक क्लवका अध्यक्ष सचिन पौडेल लगायतले लो भोल्टेज, आन्तरिक लोडसेडिङ लगायत अन्य सेवा सुधार गर्न कार्यालयलाई आग्रह गरेका थिए ।
विद्युत कार्यालयका निमित्त वितरण केन्द्र प्रमुख पुष्पराज मल्लले विभिन्न प्राविधिक कारणले गर्दा समस्या उत्पन्न भएको बताएका थिए । उनले घोराहीबाट आउने ३३ केभी प्रसारण लाइनमा सामस्या रहेको र तुलसीपुरमा रहेका ट्रान्फर्मर बिग्रिएका कारण थप समस्या पैदा भएको जानकारी दिए ।
प्रतिक्रिया