स्वतन्त्रता दिवस मनाइरहँदा युक्रेनमा रुसद्वारा रकेट आक्रमण
सारांश
- काठमाडौ ।
- युक्रेनको एउटा रेल स्टेसनमा रुसले रकेट आक्रमण गरेको छ।
- युक्रेनले स्वतन्त्रता दिवस मनाइरहेका वेला भएको घटनामा २२ जनाको मृत्यु भएको छ।
काठमाडौ । युक्रेनको एउटा रेल स्टेसनमा रुसले रकेट आक्रमण गरेको छ। युक्रेनले स्वतन्त्रता दिवस मनाइरहेका वेला भएको घटनामा २२ जनाको मृत्यु भएको छ।
पूर्वी शहर चाप्लिनेमा भएको आक्रमणमा एक बालकसहित पाँच जनाको जलेर मृत्यु भएको बताइएको छ।
आक्रमणमा ५० जना घाइते भएका छन्। यो विषयमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
युक्रेनमा रुसले आक्रमण सुरु गरेको बुधबार ६ महिना पुगेको छ। –बिबिसी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया