र, यसरी तोडियो नेपालमाथिको भारतको एकाधिकार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
३३ पटक हेरिएको
Shares
र, यसरी तोडियो नेपालमाथिको भारतको एकाधिकार

सारांश

  • नेपाल र चीनका राष्ट्रपतिको उपस्थितिमा सोमबार पारवहन तथा यातायातको प्रोटोकलमा हस्ताक्षर भएको छ ।
  • प्रोटोकलमा हस्ताक्षरसँगै नेपालको समुद्रसम्मको अर्को ढोका खुलेको छ ।
  • र, यो हस्ताक्षरसँगै वर्षौदेखि भारतसँग निर्भर रहँदै आएको नेपालको समुद्री मार्गको ढोका चीनसँग पनि खुलेको हो ।

नेपाल र चीनका राष्ट्रपतिको उपस्थितिमा सोमबार पारवहन तथा यातायातको प्रोटोकलमा हस्ताक्षर भएको छ । प्रोटोकलमा हस्ताक्षरसँगै नेपालको समुद्रसम्मको अर्को ढोका खुलेको छ । र, यो हस्ताक्षरसँगै वर्षौदेखि भारतसँग निर्भर रहँदै आएको नेपालको समुद्री मार्गको ढोका चीनसँग पनि खुलेको हो । यो सम्झौता ऐतिहासिक भएको भन्दै अहिले नेपालका सर्वसाधारण तथा प्रवुद्ध वर्गले भारतको एकाधिकार तोडिएको आशयमा आफ्ना प्रतिक्रियाहरु व्यक्त गरिरहेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनिफिङले नेपालको राजनीति, स्थायित्व र विकासक्रमलाई नजिकबाट नियालिरहेको स्पष्ट पार्दै उनले समृद्धि यात्रामा सघाउन चीन सधैं तत्पर रहेको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बेइजिङस्थित चिनियाँ बृहत् जनसभा भवनमा भएको औपचारिक भेटवार्तामा सीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रपति सीले चीन र नेपालबीच युगौंदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदैे भने, ‘दुई देशका जनताको मन मिलेको छ र सहकार्य हुँदै आएको छ।’ सीले नेपाल–चीन सम्बन्ध राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भूभागको अविच्छिन्नताको संरक्षण गर्न अनुकूल रहेको बताए । बीआरआई परियोजनामा नेपालको चासो समेटिएकाले अब सहकार्य अघि बढ्ने विश्वास उनको थियो ।

दुई देशले पूर्वाधार क्षेत्रमा सहयोग बढाएर नेपाल–चीन सीमापार आर्थिक सहयोग बढाउने उनले बताए। नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनको समर्थन रहिरहने पनि उनले स्पष्ट पारे। राष्ट्रपति सीले भने, ‘हामीबीच दल, युवा, थिंक ट्यांक, सञ्चारमाध्यम आदि क्षेत्रमा अनुभव आदानप्रदान हुनुपर्छ।’

भोटवार्तामा राष्ट्रपति भण्डारीबाट बीआरआईको सफलताप्रति सीलाई धन्यवाद व्यक्त भएको थियो। ‘चीनको समृद्धि र स्थिरता नेपालका लागि मौका हो। हामी एक चीन नीतिमा अडिग रहेर सहकार्य अघि बढाउनेछौं,’ राष्ट्रपतिको भनाइ थियो।

राजसंस्था औपचारिक अन्त्य गरेको एक दशकपछि उत्तरी छिमेकी चीनले नेपालका राष्ट्र प्रमुखलाई बेइजिङको बृहत् जनसभा भवनमा पहिलोपटक स्वागत गरेको हो।

राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुअघि त्यहाँ नेपाली राष्ट्रिय धुन घन्किएको थियो। यस्तै राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामी (गार्ड अफ अनर) अर्पण गरिएको थियो। नेपाली राष्ट्रपतिको पहिलो राजकीय भ्रमण भएकाले चीनले विशेष महत्व दिएको हो।

चिनियाँ राष्ट्रपति सीले आफू छिट्टै नेपाल आउने बताएका छन् । उनले दुई देशको कूटनीतिक क्षेत्रलाई भ्रमणको चाँजोपाँजो मिलाउन निर्देशन दिएको भेटमा सहभागी नेकपा नेता योगेश भट्टराईले जानकारी दिए। सन् २०१३ मा सत्तारोहण गरेदेखि नै चिनियाँ राष्ट्रपति सीलाई नेपाल पक्षबाट भ्रमणको आग्रह हुँदै आएको छ। त्यही निरन्तरतास्वरूप राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्राध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएकी हुन् ।

(https://eluminoustechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?