नमोबुद्ध नगरपालिकामा शीत भण्डार (कोल्ड स्टोर) निर्माण सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २०, २०७९
|
|
१६ पटक हेरिएको
Shares
नमोबुद्ध नगरपालिकामा शीत भण्डार (कोल्ड स्टोर) निर्माण सुरु

सारांश

  • काठमाडौँ ।
  • नमोबुद्ध नगरपालिका –३, दाहाल चौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ ।
  •  उक्त शीत भण्डार नगर क्षेत्रकै पहिलो हो ।

काठमाडौँ । नमोबुद्ध नगरपालिका –३, दाहाल चौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ । उक्त शीत भण्डार नगर क्षेत्रकै पहिलो हो । शीत भण्डार सञ्चालनमा आएपछि नमोबुद्धका अलावा छिमेकी रोशी, तेमाल, महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुनेछन् । 

यसअघि अन्न भण्डारणकै लागि महँगो मूल्य तिरेर पाँचखाल, बनेपा, पनौतीसम्म पुग्नुपर्ने बाध्यता छ ।नगरपालिकामा सञ्चालित जलवायु अनुकूलन कार्यक्रममार्फत पहिलो चरणमा ८५ लाख विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिलो चरणमा स्थानीय लागत सहभागिता समेत ९९ लाखको काम हुनेछ । 

१५ प्रतिशत स्थानीय उपभोक्ताले बेहोर्ने छन् ।  ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैयाँ कुल लागत अनुमान तयार भएको भण्डारलाई बहुबर्षीय योजनामा समावेश गरेर पुरा गर्ने नगरपालिकाको तयारी छ । 

प्रति च्याम्बर ३० मेट्रिक टनका दरले ६ च्याम्बरमा १ सय ८० मेट्रिकटन तरकारी, फलफूल र अन्न भण्डारण गर्न सकिने नगरपालिकाका इन्जिनियर उज्ज्वल अर्यालले जानकारी दिनुभयो ।

शीत भण्डार (कोल्ड स्टोर)को शिलान्यास गर्नुहुँदै नगरप्रमुख कुन्साङ लामाले नगरका सबै वडाका कृषकका अलावा छिमेकी रोशी, तेमाल र महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुने बताउनुभयो । 

पहिलो चरणमा बन्ने एक तल्ले भवन ३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको वडाध्यक्ष रमेश तिवारीले जानकारी दिनुभयो । नमोबुद्ध नगरपालिका –३ दाहाल चौरका सीता दाहालले शीत भण्डार सुरु गरिएकोमा निकै खुसी व्यक्त गर्नुभयो । 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance美國註冊

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?