मोतीराम भट्टकाे सम्झनामा कविता वाचन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १४, २०७९
|
|
२२ पटक हेरिएको
Shares
मोतीराम भट्टकाे सम्झनामा कविता वाचन

सारांश

  • काठमाण्डौं ।
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आइतवार १५७ औँ मोतीजयन्ती मनाएको छ।
  • कार्यक्रममा मोतीराम भट्टको साहित्यिक योगदानको बारेमा चर्चा गरिनुका साथै बाबुको मुख हेर्ने कुशे औँसीको सन्दर्भका बुबा विषयक सिर्जना वाचन पनि गरिएको थियो।

काठमाण्डौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आइतवार १५७ औँ मोतीजयन्ती मनाएको छ। कार्यक्रममा मोतीराम भट्टको साहित्यिक योगदानको बारेमा चर्चा गरिनुका साथै बाबुको मुख हेर्ने कुशे औँसीको सन्दर्भका बुबा विषयक सिर्जना वाचन पनि गरिएको थियो।

साहित्यकार डा।बमबहादुर थापा जितालीले युवा कवि भट्टका बारेमा विचार राख्दै कविता सुनाए भने विभिन्न सर्जकले सिर्जना वाचन गरे।

कार्यक्रममा गोविन्द गिरी प्रेरणा, लव गाउँले, पदम विश्वकर्मा, राजेन्द्रप्रसाद अर्याल, सीता अर्याल, पुरु सुवेदी, नारायण अधिकारी, तीर्थराज पाण्डे, निजानन्द मल्ल, ईश्वरी भट्ट, सुरेश पोखरेल, कल्पना सत्याल, कृष्णकुमार गिरी, डा। अमरबहादुर कार्की, रजनी श्रेष्ठ, रवीन्द्रभक्त श्रेष्ठ, महेश्वर शर्मा,महता घिमिरे, नीलकण्ठ सुवेदी, प्रकाश नेपाल, सतिश चापागाई, आनन्द श्रेष्ठ, महेश्वर पन्त, लालगोपाल सुवेदी, टंकमणि आचार्य, सुदीपभद्र खनाल, सरिता अर्याल, राजा घले, हरिऊँ, परशुराम भण्डारी, किस्मत भण्डारीलगायतले सिर्जना वाचन तथा सहभागिता जनाए।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आयोजित कार्यक्रमको संयोजन महासचिव विमला निरौलाले गरेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?