पर्यटन मन्त्रालयले सोध्यो प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०८०
|
|
१८ पटक हेरिएको
Shares
पर्यटन मन्त्रालयले सोध्यो प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

सारांश

  • काठमाडौं ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नौ बुँदे स्पष्टीकरण सोधेको छ ।
  • मन्त्रालयको नीति विपरीत अभिव्यक्ति दिएको भन्दै पर्यटनमन्त्री सुदन किरातीले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै सात दिनभित्र स्पष्ट जवाफसहितको विवरण पेस गर्ने गरी अधिकारीलाई सोधेका हुन् ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नौ बुँदे स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयको नीति विपरीत अभिव्यक्ति दिएको भन्दै पर्यटनमन्त्री सुदन किरातीले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै सात दिनभित्र स्पष्ट जवाफसहितको विवरण पेस गर्ने गरी अधिकारीलाई सोधेका हुन् ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको सम्बन्धमा मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।

‘बजेट तथा कार्यक्रममा प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने उल्लेख छ । सोही बमोजिम प्रक्रिया अघि बढिसकेको अवस्थामा तपाईंले नेपाल सरकारको उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने कार्य प्राधिकरण नियमावली विपरीत छ, के कति कारणले तपाईंले आफ्नो पदीय जिम्मेवारी विपरीत बोलेकाे हो ?’ स्पष्टीकरणको पहिलो बुँदामा भनिएको छ ।

अधिकारी महानिर्देशक भए पनि नेपाली दर्ताका दुई वटा विमान र तीन वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किरातीले ‘उड्डयान सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाई असफल रहेको किन मान्नु नपर्ने?’ भनेर पनि प्रश्न सोधिएको छ ।

यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको, उडान सुरक्षा प्रतिकूल हुनेगरी काम गरेको, पोखरा विमानस्थलमा उडानसम्बन्धी सम्पूर्ण तयारी नगरी उडान सुरु गरेर उडान सुरक्षामा गम्भीर लापरबाही गरिएको लगायत विषयमा जवाफ मागिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?