गोरखामा जन्ती बस दुर्घटना, ६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०८०
|
|
२० पटक हेरिएको
Shares
गोरखामा जन्ती बस दुर्घटना, ६ जनाको मृत्यु

सारांश

  • गोरखा।
  • गोरखामा गए राति जन्ती बस दुर्घटनमा परेको छ।
  • शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गापा-५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा गाडी दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै शहिद लखन वडा नम्बर ७ का वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।

गोरखा। गोरखामा गए राति जन्ती बस दुर्घटनमा परेको छ।

शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गापा-५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा गाडी दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै शहिद लखन वडा नम्बर ७ का वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भीरमा धेरै मानिसहरु हताहती भएको तर मृत्यु हुनेको संख्या भने एकिन भएको छैन। प्रहरीले वडाअध्यक्ष श्रेष्ठलाई ६ जनाको मृत्यु भएको जानकारी दिएको छ।

२ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ। रातिको समय र पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ।

अहिले जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटनास्थलतर्फ गएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?