रुकुम पश्चिमको प्रतिनिधिसभामा अर्थमन्त्री शर्माको उम्मेदवारी
सारांश
- काठमाडौ ।
- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
- शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका हुन ।
काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका हुन ।
रुकुमको सदरमुकाम खलंगास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गरेका हुन । रुकुम पश्चिममा एक मात्र निर्वाचन क्षेत्र रहेको छ ।
विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया