सातै प्रदेशका सभामुख उपसभामुखको गुनासै गुनासा
सारांश
- शिखरन्युज ।
- काठमाडौंमा जम्मा भएका सातै प्रदेशका सभामुख–उपसभामुखहरुले गुनासोको चाङ तेर्साएका छन् ।
- काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सभामुखहरुले प्रदेशसभामा कर्मचारीको पर्याप्त दरबन्दी र अनुभवी कर्मचारी नभएको गुनासो गरेका छन् ।
शिखरन्युज । काठमाडौंमा जम्मा भएका सातै प्रदेशका सभामुख–उपसभामुखहरुले गुनासोको चाङ तेर्साएका छन् ।
काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सभामुखहरुले प्रदेशसभामा कर्मचारीको पर्याप्त दरबन्दी र अनुभवी कर्मचारी नभएको गुनासो गरेका छन् ।
प्रदेशसभामा आएका कर्मचारी छिटोछिटो सरुवा लिएर जाने गरेकाले समस्या देखिएको बताए ।
प्रदेशसभामा उपयुक्त पूर्वाधार नभएको गुनासो गरे । जनप्रतिनिधिको सम्मानजनक मर्यादाक्रम र सेवा सुविधा नभएको भन्दै प्रदेश उपसभामुखलाई प्रदेश राज्यमन्त्री भन्दा तल्लो मर्यादाक्रममा राखिएकोमा गुनासो गरे ।
मौलिक अधिकार, संविधानमा उल्लेखित साझा अधिकारसूची लगायका विषयमा संघीय संसदबाट कानुन पारित हुन भएको ढिलाईका कारण प्रदेशसभाले आफ्नो अधिकारक्षेत्रको कानुन वनाउन नपाएको बताए ।
उपसभामुखहरुले आफूहरुको कुनै काम नभएको गुनासो गरे । उनीहरुले भने, ‘सभामुखलाई पालो दिनु बाहेक केही छैन । संसदमा बोल्न पनि पाइँदैन ।’
पहिलोपटक एकैसाथ काठमाडौंको चन्द्रागिरीमा संघीय संसद्का सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्ष र प्रदेशसभाहरुका सभामुख र उपसभामुखहरुसँग ‘संसदीय प्रक्रिया र अनुभवसम्बन्धी’ अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा सात वटै प्रदेशका प्रदेश सभा सचिवको पनि उपस्थिति थियो ।
प्रतिक्रिया