तोलामा १२ सयले घट्यो सुनको भाउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २५, २०७९
|
|
१७ पटक हेरिएको
Shares
तोलामा १२ सयले घट्यो सुनको भाउ

सारांश

  • काठमाडौ ।
  • दसैपछिको सुनचादीको कारोबार खासै फस्टाएको देखिएन ।
  • मंगलबार पनि सुनको कारोबारमा गिरावट आयो ।

काठमाडौ । दसैपछिको सुनचादीको कारोबार खासै फस्टाएको देखिएन । मंगलबार पनि सुनको कारोबारमा गिरावट आयो । सोमबार तोलाको ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार २ सय रुपैयाँले नै घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय १५ रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४२ रुपैयाँ पैसा कायम गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?