लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्छु : शशाङ्क कोइराला

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्छु : शशाङ्क कोइराला

सारांश

  • काठमाडौँ, १९ पुस ।
  • नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रको रक्षाका लागि आफू जीवनभर लड्ने बताएका छन् ।
  • लोकतान्त्रिक विचार समाजले राजधानीमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र मुलुकको विकासका लागि आफू जीवनभर संघर्ष गर्ने बताएका हुन् ।

काठमाडौँ, १९ पुस । नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रको रक्षाका लागि आफू जीवनभर लड्ने बताएका छन् ।

लोकतान्त्रिक विचार समाजले राजधानीमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र मुलुकको विकासका लागि आफू जीवनभर संघर्ष गर्ने बताएका हुन् । “मैले मेरो जिम्मेवारी वहन गर्दा लोकतान्त्रिक विचार समाजसँग सल्लाह लिएर अगाडि बढ्नेछु,”, कोइरालाले भने ।

महामन्त्री कोइरालाले विपी कोइरालाले लिएको विचारलाई अंगिकार गरी मुलुकको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । युवालाई स्वदेशमै रोजगार सिर्जना गरेर देश विकासमा लैजानुपर्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री रामचन्द्र अधिकारीले प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीले कमजोर नतिजा ल्याएको भन्दै पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिनुपर्ने आवश्यकता औंल्याए ।

समाजका अध्यक्ष प्रा.डा. जयराज आचार्यले विपी कोइरालाले लिएको नीतिलाई पच्छाउन नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताए । “काँग्रेसको नीति, आदर्श र इतिहासलाई आम जनतासमक्ष लैजान समाज स्थापना गरेका हौं”, उनले भने ।

भर्खरै स्थापना भएको समाजलाई विस्तारै प्रदेश, जिल्ला हुँदै गाउँसम्म लैजाने समाजका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए । सो अवसरमा नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महामन्त्री डा. कोइरालालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Ramesh Kumar

    Jivan var re!bacha haura jivan ladne’

    Comment Author

    Anuvab Gc

    Ta leader k garnu
    Jantalr haraidi halxan

    Comment Author

    Gyan Adhikari

    Ta Indian kutta lad ki Mar hamilai Bal Matlab xaina.

    Comment Author

    Raju Sharma

    Yetro ladxau,desh bechne bahek ke kaam gareko Congress ka neta le

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्ञानेन्द्र शाहीद्वारा तत्काल गृहमन्त्री नियुक्त गर्न माग
ज्ञानेन्द्र शाहीद्वारा तत्काल गृहमन्त्री नियुक्त गर्न माग
समयमै डीभी भर्न अमेरिकाको आग्रह, पासपोर्ट बनाउनेको संख्या बृद्धि
समयमै डीभी भर्न अमेरिकाको आग्रह, पासपोर्ट बनाउनेको संख्या बृद्धि
अदालतको मानहानी गरेको भन्दै डा. गोविन्द केसीलाई पक्राउ पुर्जी
अदालतको मानहानी गरेको भन्दै डा. गोविन्द केसीलाई पक्राउ पुर्जी
धरहरा पुनःनिर्माणको कामले गति लियो
धरहरा पुनःनिर्माणको कामले गति लियो
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निष्कासित
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निष्कासित
कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको मृत्यु
कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको मृत्यु
सरकार र शिक्षक महासंघबीच आज बिहान पुनः वार्ता गर्ने सहमति
सरकार र शिक्षक महासंघबीच आज बिहान पुनः वार्ता गर्ने सहमति
देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल
देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, अन्त छिपफुट बर्षा हुने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, अन्त छिपफुट बर्षा हुने

तपाईंले छुटाउनुभयो कि?