ललितपुर महानगरपालिकाका सबै सेवा बन्द !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ३०, २०७९
|
|
३८ पटक हेरिएको
Shares
ललितपुर महानगरपालिकाका सबै सेवा बन्द !

सारांश

  • काठमाडौं  ।
  • ललितपुर महानगरपालिकाले आज महानगरपालिकाबाट प्रदान गरिने सबै सेवा बन्द गरेको छ ।
  • महानगरपालिकाले संस्कृतिविद् वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपालिकाको प्राङ्‍गनमा राखिने भएपछि सेवा बन्द गरिएको जनाएको हो ।

काठमाडौं  । ललितपुर महानगरपालिकाले आज महानगरपालिकाबाट प्रदान गरिने सबै सेवा बन्द गरेको छ । महानगरपालिकाले संस्कृतिविद् वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपालिकाको प्राङ्‍गनमा राखिने भएपछि सेवा बन्द गरिएको जनाएको हो ।

‘स्वर्गीय जोशीको पार्थिव शरीर महानगरपालिकाको प्राङ्‍गनमा राखिने हुँदा यस दुःखद घडीमा महानगरपालिकाबाट प्रवाह गरिने सबै सेवा आजका लागि बन्द गरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,’आइतबार जारी सूचनामा भनिएको छ।

जोशीको एक सय तीन वर्षको उमेरमा आज ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। शताब्दी पुरुष जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पुर्‍याएका छन्। उनले तीनपटक प्रशिद्ध मदन पुरस्कार प्राप्त गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?