‘चुनाव जितेभने कुनै पनि तलव सुविधा लिन्न’- दिपेश लामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २५, २०७९
|
|
५१ पटक हेरिएको
Shares
‘चुनाव जितेभने कुनै पनि तलव सुविधा लिन्न’- दिपेश लामा

सारांश

  • नुवाकोट ।
  • मतदाताको घरदैलोमा विकासे नारा दिएर चुनाव प्रचार गर्ने भीडमा नुवाकोटका एक उम्मेद्वार भने फरक देखिएका छन्।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोट क्षेत्र नं २ को अध्यक्ष एवम् नुवाकोट क्षेत्र नं।

नुवाकोट । मतदाताको घरदैलोमा विकासे नारा दिएर चुनाव प्रचार गर्ने भीडमा नुवाकोटका एक उम्मेद्वार भने फरक देखिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोट क्षेत्र नं २ को अध्यक्ष एवम् नुवाकोट क्षेत्र नं।२ ९क० प्रदेशसभा सदस्य उम्मेदवार दिपेश लामाले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा तलब भत्ता नलिने घोषणा गरेका हुन्।

चुनाव प्रचारका क्रममा बेलकोटगढी नगरपालिका वडा नम्बर १० स्थित गढीमा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले आफू प्रदेशसभा सदस्य बनेको खण्डमा सरकारले दिने तलब भत्तामा आफूले थप रकम गरिबीका कारण चुल्हो बाल्न नसक्नेलाइ खाद्यन्नको व्यवस्था मिलाईनेछ। अभिभावक नभएका बालबालिकालाई त्यही रकमले शिक्षा प्रदान गर्न सहयोग गर्ने बताए ।

निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नं।२ ९क०को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै ठूलाठूला विकास गर्नेभन्दा वर्तमान अवस्थामा देखिएका जल्दाबलदा समस्या,घर–घरमा स्वच्छ पिउने पानी, निःशुल्क स्वास्थ्य,शिक्षा,महिलाहरुलाई सीपमूलक कार्य, कृषिमा आधुनिकीकरण गर्ने,उत्पादनलाई बजारको पहुँचमा पुर्याउने,कृषकको उत्पादनमा बिमा तथा युवालाई स्वदेशमै रोजगारी जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे । विकास र समुन्नतिका लागि अग्रस्थानमा रहेर मतदातको सुझाव संकलन र सहयोगका साथ अगाडि बढ्ने पनि उम्मेदवार लामाले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    nimabi

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks. nimabi

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?