ओढारमा लुकाई राखिएको १६ किलो सुन बरामद

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ९, २०७६
|
|
५२ पटक हेरिएको
Shares
ओढारमा लुकाई राखिएको १६ किलो सुन बरामद

सारांश

  • गोरखा।
  • गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेँसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ।
  • चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्ग नजिकै ओढारको ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा १२ ढिक्का (करिब १६ किलो)सुन गए राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए।

गोरखा। गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेँसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ। चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्ग नजिकै ओढारको ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा १२ ढिक्का (करिब १६ किलो)सुन गए राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए।“यति नै किलो छ भनेर भन्ने अवस्था छैन”, उनले भने, “शङ्कास्पद मान्छे समातेर ल्याउँदैछौं, थप अनुसन्धान जारी छ ।” असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सिमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा बेपत्ता भएका भनिएका धनकुमार गुरुङले नै सुन ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।

गुरुङलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उनले बताए। खच्चडसहित झर्दै गर्दा गुरुङमाथि सँगै आएका चार जनाको समूहले आक्रमणको प्रयास गरेको र सोही घटनापछि हिजो पक्राउ परेका गुरुङ भागेका थिए। अपहरणमा परेको भनेर हल्ला गरिएको भए पनि गुरुङ भागेको हुनसक्ने प्रहरीले यसअघि नै अनुमान गरेको थियो। उनले नै सुन ल्याएको प्रहरीसमक्ष बताएका थिए । उनलाई हिजो काठमाडौँमा पक्राउ गरिएको थियो।

यो पनि पढ्नुहोस

बन्धक बनाएर छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ
घुम्ने बहानामा पोखरा ल्याएर होटलको कोठामा बन्धन बनाई आठ दिनदेखि बलात्कार गर्दे आएको आरोपमा उदयपुरका शिक्षक २८ वर्षे राकेशकुमार कानोडिया बुधबार पक्राउ परेका छन्।कास्की प्रहरी प्रवक्ता राजकुमार केसीका अनुसार विराटनगर घइ भई उदयपुर चौदण्डी ७ को मेरीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक कानोडियाले १४ वर्षीया विद्यार्थीलाई ८ दिनदेखि होटल कन्ट्रीयार्ड बन्धक बनाएका थिए। बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाइसकेको छ। शिक्षकमाथि मुद्दा चलाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने
कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने
बागलुङमा बाम गठबन्धनको अग्रता
बागलुङमा बाम गठबन्धनको अग्रता
सिके राउतले सरकारलाई धाेका दिएका हुन् ?
सिके राउतले सरकारलाई धाेका दिएका हुन् ?
समानुपातिकतर्फ ९ लाख मत खेर:  कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
समानुपातिकतर्फ ९ लाख मत खेर: कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
कुवेरसिंह रानाले प्रहरीको व्यवसायिक आचरण धर्मराएको भन्दै दुख व्यक्त
कुवेरसिंह रानाले प्रहरीको व्यवसायिक आचरण धर्मराएको भन्दै दुख व्यक्त
‘लव ब्वाई’ प्रदिप पहिलो पटक थ्रिलरमा, यस्तो छ ‘रोज’ को ट्रेलर !(भिडियाे सहित)
‘लव ब्वाई’ प्रदिप पहिलो पटक थ्रिलरमा, यस्तो छ ‘रोज’ को ट्रेलर !(भिडियाे सहित)
कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा, अब ९ असारमा सुनुवाइ
कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा, अब ९ असारमा सुनुवाइ
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
मापदण्ड नपुगेका भवन भत्काउने सरकारी तयारी, ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको अनुमान….
मापदण्ड नपुगेका भवन भत्काउने सरकारी तयारी, ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको अनुमान….