चितवन १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ३१, २०७९
|
|
२१ पटक हेरिएको
Shares
चितवन १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई

सारांश

  • काठमाडौं।
  • चितवन १ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै निष्क्रिय बसेको घोषणा गरेका छन्।
  • सोमबार एक विज्ञप्ति जारी गर्दै बुर्लाकोटीले पार्टीले आफूलाई सम्मानजनक भूमिका दिने प्रतिबद्धता जनाएकाले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

काठमाडौं। चितवन १ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै निष्क्रिय बसेको घोषणा गरेका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै बुर्लाकोटीले पार्टीले आफूलाई सम्मानजनक भूमिका दिने प्रतिबद्धता जनाएकाले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बुर्लाकोटीलाई निवास बालुवाटार बोलाएर उम्मेदवारी फिर्ता लिई निष्क्रिय बस्न आग्रह गरेका थिए। कांग्रेस सभापतिसमेत रहेका देउवाले उचित भूमिका र जिम्मेवारी दिने प्रतिबद्धता जनाएपछि बुर्लाकोटी ब्याक भई कांग्रेसका आधिकारिक उम्मेदवार विश्वनाथ पौडेललाई आफूले समर्थन गरेको र जिताउन लागिपर्ने प्रतिबद्धता पनि जनएका छन्।

बुर्लाकोटी चितवन १ बाट टिकटका आकांक्षी थिए। तर पार्टीले राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेललाई टिकट दियो । त्यसपछि असन्तुष्ट रहेका बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए। बुर्लाकोटीको उम्मेदवारी दर्ता भएपछि सत्तारुढ गठबन्धन निकै सकसमा परेको थियो। यदि बुर्लाकोटीको उम्मेदवारी कायमै रहेको भए एमालेका सुरेन्द्र पाण्डेलाई चिट्ठा पर्ने थियो।

कांग्रेसले सोमबारसम्म बागी र स्वतन्त्र उम्मेदवार दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिएर निष्क्रिय बसे अनुशासनको कारबाही नगर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?