यी स्थानमा हुन सक्छ आज भारी वर्षा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २४, २०७७
|
|
५३ पटक हेरिएको
Shares
यी स्थानमा हुन सक्छ आज भारी वर्षा

सारांश

  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशमा पूर्ण बदली रही बाकी भूभागमा सामान्य बदली कायमै रहने जनाइएको छ ।
  • पछिल्लो हप्तादेखि सक्रिय मनसुनका कारण अहिले सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका केही र बाकी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशमा पूर्ण बदली रही बाकी भूभागमा सामान्य बदली कायमै रहने जनाइएको छ ।

पछिल्लो हप्तादेखि सक्रिय मनसुनका कारण अहिले सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका केही र बाकी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

बुधबार दिनभर देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावनासमेत बढ्दै गएको महाशाखाले जनाएको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मति प्रदेश, प्रदेश २ र प्रदेश १ का एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखद्धारा जारी मौसम सम्बन्धि समाचारमा उल्लेख छ ।

आज रातीसम्म देशभर सामान्य देखी पुर्ण बदली रही प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, कर्णालि प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक र दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

(sociobits.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटा त्यस्तो गायक जो आफ्नो देशभन्दा चर्चित बन्यो
एउटा त्यस्तो गायक जो आफ्नो देशभन्दा चर्चित बन्यो
पछिल्लो राजनीतिक अवस्थाबारे ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन
पछिल्लो राजनीतिक अवस्थाबारे ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन
केपी शर्मा ओली जनताका नेता होईनन माफियाका प्रधानमन्त्री हुन: गाेविन्द केसी (भिडियाेसहित)
मुख्यमन्त्री राई होली मिलन समारोहमा
मुख्यमन्त्री राई होली मिलन समारोहमा
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
‘यसरी ठग्छन् वर्षमा १ खर्ब बढी यातायात व्यवसायी’
‘यसरी ठग्छन् वर्षमा १ खर्ब बढी यातायात व्यवसायी’
आज प्रधानमन्त्री ओली अस्पतालमै, २४ घण्टा चिकित्सकको निगरानीमा
आज प्रधानमन्त्री ओली अस्पतालमै, २४ घण्टा चिकित्सकको निगरानीमा
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पक्राउ
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पक्राउ
कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु