साताको दोश्रो दिन १६ दशमलव ३९ अंकले बढ्यो नेप्से परिसूचक

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १४, २०७९
|
|
२३ पटक हेरिएको
Shares
साताको दोश्रो दिन १६ दशमलव ३९ अंकले बढ्यो नेप्से परिसूचक

सारांश

  • काठमाडौ  ।
  • साताको दोश्रो तथा कारोबारको पहिलो दिन सोमबार सेयर बजार १६.
  • ३९ अंकले वृद्धि भएको छ ।

काठमाडौ  । साताको दोश्रो तथा कारोबारको पहिलो दिन सोमबार सेयर बजार १६.३९ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ ।

क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्स ४.९३ अंकले बढेर ३७०।८६ विन्दुमा पुगेको हो । १८५ कम्पनीको कारोबार हुँदा ११० कम्पनीको मूल्य बढेको छ भने ६५ कम्पनीको मूल्य घटेको छ । साथै १० कम्पनी स्थीर रहे ।

१८५ वटा कम्पनीका २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार ६११ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

डेभलपमेन्ट बैंकबाहेक सबै कम्पनीहरूमा उकालो लागेको छ । जीवन बिमा २५.४१, होटल तथा पर्यटन ४२.४८, निर्जीवन बीमा २३.५५, बैकिङ २०.०९, फाइनान्समा १२.६४, हाईड्रो पावरमा १.९७, ट्रेडिङ २०.१, माईक्रो फाइनान्समा १४.०८ र म्युचुअल फण्डमा ०.१, अन्य समूह २०.७५ ले वृद्धि भएको छ ।

त्यसैगरी, सयपत्री हाइड्रो पावरको सेयर मूल्य २८.५० र नेपाल एसबीआई बैंकको २२.०० ले बढेको छ । एनआईसि एसिया बैंकको ६ करोड १७ लाख २१ हजार बढीको कारोबार भएको छ भने एभरेष्ट बैंकको ४ करोड ३९ लाख १७ हजार ७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?