प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी २१ हजार मतान्तरले विजयी !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
प्रहरीको फरार सूचीमा रहेका  रेशम चौधरी २१ हजार मतान्तरले विजयी !

सारांश

  • टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै प्रहरीले खोजिरहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सांसद निर्वाचित भएका छन्।
  • मंगलबार बिहान सार्वजनिक भएको मतपरिणाममा प्रतिष्पर्धी एमालेकी मदनकुमारी शाहलाई २१ हजार मतान्तरले पराजीत गरी राजपाबाट उम्मेदवार बनेका चौधरी विजयी भएका हुन्।
  • चौधरीले ३४ हजार ३ सय ४१ मत पाएका छन् भने शाहले १३ हजार ४ सय ६ मत ल्याएकी छन्।

टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै प्रहरीले खोजिरहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सांसद निर्वाचित भएका छन्।

मंगलबार बिहान सार्वजनिक भएको मतपरिणाममा प्रतिष्पर्धी एमालेकी मदनकुमारी शाहलाई २१ हजार मतान्तरले पराजीत गरी राजपाबाट उम्मेदवार बनेका चौधरी विजयी भएका हुन्।

चौधरीले ३४ हजार ३ सय ४१ मत पाएका छन् भने शाहले १३ हजार ४ सय ६ मत ल्याएकी छन्।

प्रदेश सीमांकनको विरोध गर्दै कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको प्रदर्शनमा एक बालक, नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान गएको थियो।

सोही घटनामा चौधरीको संलग्नता रहेको भन्दै प्रहरीले उनलाई खोजी गरिरहेको छ।

प्रहरीको फरार सूचीमा रहेका चौधरीले वारेसनामाबाट उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?