एमालेको घोषणापत्र जारी भएको दिन नेपाल बजारमा उछाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १५, २०७९
|
|
२७ पटक हेरिएको
Shares
एमालेको घोषणापत्र जारी भएको दिन नेपाल बजारमा उछाल

सारांश

  • काठमाडौ ।
  • आज मंगलबार शेयर बजारमा उछाल आएको छ।
  • आज नेप्से सूचक ५६.

काठमाडौ । आज मंगलबार शेयर बजारमा उछाल आएको छ। आज नेप्से सूचक ५६.११ अंकले बढेर १९३०.९९ को बिन्दुमा पुगेको छ।

आज कारोबारमा आएका २३१ कम्पनीका ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६ सय ४१ रुपैयाँ ८० पैसाको कारोबार भएको छ। जस मध्ये एनआईसी एसिया बैंकको सर्वाधिक ६ करोड ६५ लाख तथा नबिल बैंकको ५ करोड ९२ लाखको कारोबार भएको छ । त्यस्तै शिवम सिमेन्टको ५ करोड १७ लाख, रिडी हाइड्रोको ५ करोड, तथा एभरेष्ट बैंकको ४ करोड ६८ लाखको कारोबार भएको छ  ।

आज न्यादी हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने युनिभर्सल हादिरोको शेयर मूल्य ९ प्रतिशत, युनियन हाइड्रोको शेयर मूल्य ८.८२ प्रतिशत, माउन्टेन हाइड्रोको शेयर मूल्य ८.७७ प्रतिशत तथा दिब्यश्वरी हाइड्रोको शेयर मूल्य ८.६८ प्रतिशतले बढेको छ  । आज सर्वाधिक गुमाउनेमा ऋणपत्र तथा म्युचुअल फण्डहरु रहेका छन्  ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन्  । जस मध्ये फाइनान्स समुह सर्वाधिक ५.४ प्रतिशतले बढेको छ भने अन्य समुह ५.२८ प्रतिशतले बढेको छ  । त्यस्तै ट्रेडिङ समुह ४.५६ प्रतिशत, हाइड्रो समुह ४.३७ प्रतिशत, इन्भेष्टमेन्ट समुह ४.१७ प्रतिशत, तथा विकास बैंक समुह ३.९५ प्रतिशतले बढेको छ  ।

आज कारोबारमा आएका मध्ये १८१ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मात्र मूल्य घटेको छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?