फिफा वरियतामा नेपाल पहिलेकै स्थानमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ४, २०८०
|
|
२२ पटक हेरिएको
Shares
फिफा वरियतामा नेपाल पहिलेकै स्थानमा

सारांश

  • काठमाडौँ ।
  • विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ ।
  • फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औंँ स्थानमा छ ।

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औंँ स्थानमा छ ।

नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औंँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा छ । नेपालपछि भुटान १८५औँ, बङ्गलादेश १८९औंँ, पाकिस्तान २०१औंँ, र श्रीलङ्का २०४औँ स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौँथो तथा बेल्जियम पाँचौं स्थानमा छन् ।

यसैगरी क्रोसिया छैटौँ, नेदरल्याण्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवाँै तथा स्पेन दशौँ स्थानमा छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?