प्रधानसेनापति भने, ‘हामी मरेर भए पनि देशको स्वाधिनता बचाउँछौँ’
सारांश
- धरान, पुस १४ ।
- प्रधानसेनापति राजेन्द्र क्षत्रीले युवाहरुलाई सकारातमक बाटोमा डोर्याउन सके देश विकासमा कोसेढुङ्गा सावित हुने बताएका छन् ।
- उनले भोलिको देशको अभिभारा बोक्ने आजका युवाहरुलाई सरकारले सकारातमक बाटोमा डोर्याएर देश निर्माणमा लागउनु पर्ने सुझाव दिएका छन् ।
धरान, पुस १४ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले युवाहरुलाई सकारातमक बाटोमा डोर्याउन सके देश विकासमा कोसेढुङ्गा सावित हुने बताएका छन् । उनले भोलिको देशको अभिभारा बोक्ने आजका युवाहरुलाई सरकारले सकारातमक बाटोमा डोर्याएर देश निर्माणमा लागउनु पर्ने सुझाव दिएका छन् ।
शुक्रवार मोरङको केरावारी गाँउपालिकास्थित राष्ट्रिय सेवा दल पूर्वी शिक्षालय याङशिलाको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै क्षत्रीले सबै नागरिकहरु अनुशासित, निष्ठावान र जिम्मेवारी भएमात्र देशको रक्षा गर्न सकिने बताएका छन् ।
क्षेत्रीले नेपाली सेनाले देशको स्वाधिनताको रक्षाका लागि कसैसँग पनि सम्झौता नगर्ने पनि बताए । ‘देशमा संकट पर्यो भनेर नेपाली जनताले चिन्ता गर्नुपर्दैन’, प्रधानसेनापती क्षेत्रीले भने, ‘नेपाली सेना आफू मरेर भएपनी देशको स्वाधिनताको रक्षा गरी छाड्ने छ ।’ उनले युवाहरुलाई सकारात्मक बाटोमा लागेर देश निर्माणमा सहयोग पुर्याउन समेत आग्रह गरेका छन् ।
प्रधानसेनापति क्षत्रीले देशमा संकट परेका वेला सेनाले महत्वपूर्ण योगदान गरेको बताउर्दै युवाहरुलाई राष्ट्रिय सेवा दलको तालीम दिएर देशमा संकट परेको वेला तयारी अबस्थामा राख्नु पर्ने धारण व्यक्त गरेका छन् ।
उनले राष्ट्रिय सेवा दलको सय दिने तालीम लिएका पाँच सय ३५ जना विद्यार्थिहरुलाई दज्र्यानी चिन्ह समेत प्रदान गरेका थिए । सेनाले दिएको तालीमले राष्ट्र निर्माणमा थप सहयोग पुर्याउने विश्वास थापाले व्यक्त गरेका छन् । उनले सरकारले युवाहरुलार्य देश निर्माणका लागि नेतृत्व क्षमता विकासका पशिक्षण दिएर देश निर्माणमा लगाउनु पर्ने समेत बताएका छन् ।
‘भोलिको देश हाँक्ने युवाहरु हुन्’, उनले भने, ‘युवाहरुलाई अब कुलतमा होइन, नेतृत्व क्षमता अभिबृद्धि गरी देश निर्माणको काममा लागाउनुपर्छ ।’
Balaram Dahal
मरेरत केही हुदैन बाचेरै गरेरमात्र देखाउन परछ आब सजिलो पाराले देश चलदैन बिगारी सके चोर नेता ले
Prakash Thapa
Vo hour dherai nakhokau…desh ko Sena ho ki party ko Tha xina…
Shyam Regmi
Ho ho biswaas lagyo sustaa lipulek bachakai ta xauni
Jirel Tika
हा हा हा गफैको भरमा धेरैले जर्नेल,कर्नेलको पेन्सन पट्टा लिएकै छ ?
Tulasi Tamang
Ganayo sale taile boleko dherai vo ab ke nabdaina
Anil Prasad Poudyel
Very nice , this is the only one way
रघुनाथ पाैडेल
होनी हो मरेरै जीत्ने हो, कोहि सहिद नभएकोभए के गणत्त्र आउंथ्यो र ?
Happy Boy Maa
खै त सिमानाकोरकाछ्या गरेको खै सीमामा नेपालि सेना जति खै नेपालि भूमिको रक्छ्या जति छन सेना जङ्ल र भिरपाखाहरूमा भन्छन सेना देषको सान हो हाम्रो देशको सिमामा दूइ जना पोलिस छन खै भारतले मिचेको नेपालि भूमि पर्ति बोलेको खै सिमाना मा सेना सनचालन गरेको बर्दि लगायर भन्दैमा कोहि सपूत हूदैन सपूत त तब हून्छ जब देशको दालि देशको माटोको लागि मर्न र मार्न तयार हून्छ सेनाको बोलि नेताको बोली उस्तै हो।।। जय नेपाल
Sudarshan Magar
Pride of Nepal .
Shamsuddin Siddique
Tiyo ta janta le dekhi rahekai xa. Neta haru ko luchha chudi maa desh kahan pugdai xa, tapayee haru tulu tulu herara afno pension paakne din ko pratikchha maa basi rahnu bhayeko xa.