उत्तर कोरियाद्वारा अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २, २०७९
|
|
३४ पटक हेरिएको
Shares
उत्तर कोरियाद्वारा अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार

सारांश

  • उत्तर कोरियाद्वारा अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार बीबीसी।
  • उत्तर कोरियाले इन्टर कन्टिनेन्टल बलिस्टिक मिसाइल (आइसीबीएम) भनिने लामो दूरी प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण गरेको दक्षिण कोरियाले बताएको छ।
  • जापानी तटरक्षकहरूका अनुसार उक्त अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र होक्काइडो क्षेत्रबाट करिब २१० किलोमिटर पर समुद्रमा खसेको हुनसक्छ।

उत्तर कोरियाद्वारा अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार
बीबीसी। उत्तर कोरियाले इन्टर कन्टिनेन्टल बलिस्टिक मिसाइल (आइसीबीएम) भनिने लामो दूरी प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण गरेको दक्षिण कोरियाले बताएको छ। जापानी तटरक्षकहरूका अनुसार उक्त अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र होक्काइडो क्षेत्रबाट करिब २१० किलोमिटर पर समुद्रमा खसेको हुनसक्छ।

प्योङ्याङका लामा दूरीका क्षेप्यास्त्रहरू अमेरिकासम्म मार हान्न सकिने किसिमका बनाइएका छन्। गत दुई महिनामा उत्तर कोरियाले ५० भन्दा धेरै क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको छ। ती मध्ये अधिकांश छोटो दूरीका थिए।

तर लामो दूरीका क्षेप्यास्त्र भने दुर्लभै प्रहार हुने गर्छन्। तिनले परमाणु क्षमताका युद्धशीर्ष बोक्न सक्छन् अनि अमेरिकी भूमिसम्म पुग्न सक्छन्। पछिल्लो सन्दिग्ध आइसीबीएमको परीक्षण प्रहार स्थानीय समय सवा दश बजे प्योङ्याङ नजिकैबाट गरिएको दक्षिण कोरियाका वरिष्ठ सैन्य अधिकारीहरूले बताएका छन्।

सो क्षेप्यास्त्र ६ हजार १ सय किलोमिटरको उचाइसम्म पुगेको र म्याक २२ सम्मको अत्यन्त तीव्र गतिमा १ हजार किलोमिटर पर पुगेको दक्षिण कोरियाको सेनाले बताएको छ। जापानका रक्षामन्त्री यासुकाजु हमादाले उक्त क्षेप्यास्त्र अमेरिकासम्म पुग्ने क्षमतायुक्त भएको र त्यो १५ हजार किलोमिटर दूरी तय गर्न सक्षम भएको बताए।

बिहीवार उत्तर कोरियाका विदेशमन्त्री चो सन हुइले कोरियाली प्रायद्वीप क्षेत्रमा आफ्नो सैन्य उपस्थिति सुदृढ पार्ने अमेरिकी योजनाको कडा प्रतिक्रिया दिइने बताएका थिए। सोही दिन उत्तर कोरियाले छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र पनि परीक्षण गरेको थियो।

आइतवार अमेरिकी राष्ट्रपति जो बाइडन, दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योल र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच क्याम्बोडियामा भेटघाट भएपश्चात् उक्त परीक्षण भएको छ।

त्यतिखेर बाइडनले तीन साझेदार मुलुकहरू उत्तर कोरियाको ‘उक्साहटपूर्ण व्यवहार’का विरुद्ध झनै एकजुट भएको टिप्पणी गरेका थिए।

केही महिनायता उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा अमेरिकी सैन्य गतिविधिको प्रतिक्रियास्वरूप क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ।
उसले विगतमा सफलतापूर्वक परीक्षण गरेका आईसीबीएमभन्दा पनि ठूला भनिएका ह्वासोङ्-१७ नामक लामो दूरीका क्षेप्यास्त्र विकास गरिरहेको छ।

उक्त ह्वासोङ्-१७ क्षेप्यास्त्रको सफल परीक्षण गर्ने उसको पटक पटकको प्रयास खेर गइरहेको विज्ञहरू बताउँछन्। यो महिनाको सुरुमा पनि उसको एउटा आइसीबीएम माथि आकाशमै विफल भएको दक्षिण कोरियाको सेनाले बताएको थियो।

अक्टोबर महिनामा उत्तर कोरियाले पाँच वर्ष यता पहिलो पटक जापानी भूमि माथिबाट यात्रा गर्ने गरी एक बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। कडा आर्थिक प्रतिबन्ध भए पनि प्योङ्याङले सन् २००६ र २०१७ को बीचमा ६ पटक परमाणु परीक्षण गरेको छ। उसले सातौँ परीक्षणको तयारी गरिरहेको ठानिन्छ। साथसाथै उसले सैन्य क्षमता पनि विकास गरिरहेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance sign up

    Thank you for your shening. I am worried that I lack creative ideas. It is your enticle that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/en/register-person?ref=P9L9FQKY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?