बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक : ओली अनुपस्थित, के होला निर्णय ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक : ओली अनुपस्थित, के होला निर्णय ?

सारांश

  • काठमाडौं, २० पुस ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गरेको सर्वदलीय बैठक भर्खरै बालुवाटारमा सुरु भएको छ ।
  • सर्वदलीय बैठकमा एमाले नेता केपी शर्मा ओली भने स्वास्थ्यका कारण अनुपस्थित छन् ।

काठमाडौं, २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गरेको सर्वदलीय बैठक भर्खरै बालुवाटारमा सुरु भएको छ । सर्वदलीय बैठकमा एमाले नेता केपी शर्मा ओली भने स्वास्थ्यका कारण अनुपस्थित छन् । ओलीबिनाको सर्वदलीय बैठकले के निर्णय गर्ला ? प्रतिक्षाको विषय बनेको छ ।

बैठकमा प्रदेश प्रमुख नियुक्तिमा राजनीतिक सहमति जुटाउनेबारे छलफल हुँदैछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, शशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा “बादल”, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?