बिदा थप नभएपछि समस्यामा एआईजी पोखरेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २६, २०७९
|
|
१७ पटक हेरिएको
Shares
बिदा थप नभएपछि समस्यामा एआईजी पोखरेल

सारांश

  • काठमाडौं ।
  • प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिप्रति असन्तुष्टि जनाउँदै लामो समय बिदा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले माग गरेको थप बिदा अस्वीकृत भएपछि उनीमाथि हाजिर हुन वा राजीनामा दिनुपर्ने दबाब बढेको छ ।
  • हाजिर हुँदा आफैंले अस्वीकार गर्दै सर्वाेच्च अदालतमा मुद्दा हालेका महानिरीक्षक धिरजप्रताप सिंहलाई स्वीकार गरेको अर्थ लाग्ने हुनाले यी दुई विकल्पमध्ये के रोज्ने भन्ने उनले निक्र्याैल गरिसकेका छैनन् ।

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिप्रति असन्तुष्टि जनाउँदै लामो समय बिदा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले माग गरेको थप बिदा अस्वीकृत भएपछि उनीमाथि हाजिर हुन वा राजीनामा दिनुपर्ने दबाब बढेको छ ।

हाजिर हुँदा आफैंले अस्वीकार गर्दै सर्वाेच्च अदालतमा मुद्दा हालेका महानिरीक्षक धिरजप्रताप सिंहलाई स्वीकार गरेको अर्थ लाग्ने हुनाले यी दुई विकल्पमध्ये के रोज्ने भन्ने उनले निक्र्याैल गरिसकेका छैनन् ।

सरकारले आफूभन्दा जुनियरलाई आईजीपी नियुक्त गरेकोमा असन्तुष्टि जनाउँदै उनले तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीबाट १८ वैशाखमा एक महिनाको बिदा स्वीकृत गरेका थिए । त्यसको भोलिपल्ट उनले आईजीपी नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए।

उनले १९ वैशाखदेखि लागू हुनेगरी एकमहिने बिदा लिएकोमा सार्वजनिक बिदासमेत जोड्दा मंगलबार सकिएकोमा बुधबारदेखि लागू हुनेगरी १० दिन बिदा माग गरेका थिए । थप १० दिनका लागि मागेको बिदा आईजीपी सिंहले अस्वीकृत गरिदिएका हुन् । आईजीपी सिंहले उनलाई तत्काल हाजिर हुन लिखित निर्देशनसमेत दिएका छन् ।

आईजीपीको निर्देशनअनुसार अब पोखरेलले विभागीय कारबाहीबाट जोगिन हाजिर हुनुको विकल्प छैन । निर्देशन अवज्ञा गर्दै हाजिर नभएको अवस्थामा उनीमथि कुनै पनि बेला विभागीय कारबाही हुन सक्छ ।

त्यसो त फौजी संगठनमा बिदालाई अधिकारका रूपमा लिइँदैन । बिदा स्वीकृत गराइसकेपछि पनि संगठनले बोलाएको अवस्थामा जानैपर्छ । निर्वाचनका बेला बिदा बसेकोमा उनको आलोचनासमेत हुँदै आएको छ ।

पोखरेल बिदामा भएकै अवस्थामा सरकारले उनलाई मानवस्रोत विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिसकेको छ ।

आईजीपी सिंहको बढुवाविरुद्ध पोखरेलले १९ वैशाखमा रिट दायर गरेको भए पनि अझै रिटमाथि टुंगो लाग्न सकेको छैन । अर्को पेसी ३० जेठका लागि तोकिएको छ । तर, त्यो दिन पनि सुनुवाइ हुन्छ नै भन्ने कुनै निश्चित छैन ।

मुद्दा जितेको अवस्थामा उनी १० महिनाका लागि महानिरीक्षक बन्नेछन् । तर, मुद्दा नजितेको अवस्थामा आगामी २० साउनबाट उनी अनिवार्य अवकाशमा जानेछन् ।

पोखरेलसँगै १० दिनको बिदा लिएका कार्य विभागका एआईजी सहकुल थापा भने तत्कालै काममा फर्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
सभामुख घिमिरे र शीर्ष नेताबीच छलफल सुरु
सभामुख घिमिरे र शीर्ष नेताबीच छलफल सुरु
कांग्रेस मास्ने प्रतिस्पर्धा-डा. सुरेश आचार्य
कांग्रेस मास्ने प्रतिस्पर्धा-डा. सुरेश आचार्य
संखुवासभाबाट व्यवसायी टासी शेर्पा  प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
संखुवासभाबाट व्यवसायी टासी शेर्पा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि
दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि
राहुल गान्धीको कैलाश यात्रा, भारतीय राजनीतिमा खैलाबैला
राहुल गान्धीको कैलाश यात्रा, भारतीय राजनीतिमा खैलाबैला
जब आलिया भट्ट नाइटी लगाएर एयरपोर्ट पुगिन्..
जब आलिया भट्ट नाइटी लगाएर एयरपोर्ट पुगिन्..
यस्ता छन् आजका मन्त्रिपरिषदका निर्णयहरु
यस्ता छन् आजका मन्त्रिपरिषदका निर्णयहरु

तपाईंले छुटाउनुभयो कि?