भरतपुरमा मतपत्र च्यातिएको देखेपछि निर्वाचन आयोगले ल्याउनेभो अर्को नयाँ योजना !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
भरतपुरमा मतपत्र च्यातिएको देखेपछि निर्वाचन आयोगले ल्याउनेभो अर्को नयाँ योजना !

सारांश

  • रुकुम ।
  • भरतपुर महानगरपालिका लगायतका स्थानमा मतगणनाका क्रममा राजनीतिक दलका कार्यकर्ताले मतपत्रनै च्यातेपछि अब निर्वाचन आयोगले नयाँ योजना ल्याएको छ ।
  • मतगणनास्थलमै राजनीतिक दलहरुबीच विवाद भएको भन्दै आयोगले नयाँ योजना ल्याएको हो ।

रुकुम । भरतपुर महानगरपालिका लगायतका स्थानमा मतगणनाका क्रममा राजनीतिक दलका कार्यकर्ताले मतपत्रनै च्यातेपछि अब निर्वाचन आयोगले नयाँ योजना ल्याएको छ । मतगणनास्थलमै राजनीतिक दलहरुबीच विवाद भएको भन्दै आयोगले नयाँ योजना ल्याएको हो । आयोगले आगामी दोश्रो चरणको निर्वाचनको मतगणना स्थलमा भने राजनैतिक दलका प्रतिनिधहरुलाई प्रतिबन्ध लगाउने गरी नयाँ योजना ल्याउने तयारी गरेको छ । अबको मतगणनामा राजनीतिक दलका नेता–कार्यकर्ताहरुले मतपत्रनै छुन नपाउने निर्वाचन आयोगका एक अधिकारीले बताएका छन् ।  बिहीबार रुकुम सदरमुकाम खलंगा पुगेका निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले अब मतगणनामा राजनैतिक दलका प्रतिनिधिहरुले मतपत्र छुन नपाउने गरी व्यवस्था मिलाइएको बताए । अबको मतगणनाका क्रममा गणकहरुले टाढैबाट देखाएर बदर–सदरको टुंगो लगाउने आयुक्त पौडेलले जानकारी दिए । आयुक्त पौडेलले जिल्लाको सरोकारवाला पक्षहरुसँगको छलफलका क्रममा भने, ‘कुनै पनि राजनीतिक दल अथवा दलका प्रतिनिधि र अन्य जो कोहीले पनि निर्वाचन आचारसंहिता उल्लंघन गर्न पाउँदैनन् । यदि उनीहरुले त्यसो गरेमा अपराध ठहरिने छ । अब दलका प्रतिनिधहरुलाई मतगणनास्थलबाट टाढै राखिनेछ ।’ वैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा भरतपुर महानगरपालिकामा विवाद चर्किएको थियो । सो केन्द्रको मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्रनै च्यातिदिएपछि अहिले त्यहाँको मतगणना कार्य स्थगित गरिएको छ । त्यसलगत्तै निर्वाचन आयोगले गरेको स्थलगत प्रतिवदेनमा ९० ओटा मतपत्र च्यातिएको रिपोर्ट बाहिर आएको थियो । त्यसपछि आयोगको निर्णयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर भएको थियो र सो मुद्धा अहिले सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ । सर्वोच्च अदालतले भर्खरै सो घटनाका सक्कल कागजात उपलव्ध गराउन निर्वाचन आयोगलाई निर्देशन समेत दिइसकेको अवस्था छ । यो खालका घटनाहरु अब नदोहोरिउन भन्ने उद्धेश्यका साथ आयोगले अब नयाँ योजना ल्याएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?