बलिउडका यी चर्चित गायकलाई विदेशी रकम तस्करीको आरोपमा पत्र
सारांश
- चर्चित पाकिस्तानी गायक राहत फतेह अली खानलाई विदेशी मुद्रा तस्कर गरेको आरोप लागेको छ ।
- यो विषयको जाँच गर्न इडीले सोमबार फरेन एक्सचेञ्ज म्यानेजमेन्ट एक्टमार्फत नोटिस पठाएर जवाफ मागेको छ ।
- खान २ करोड रुपैयाँ अवैध विदेशी पैसा तस्करीसँग जोडिएका छन् ।
चर्चित पाकिस्तानी गायक राहत फतेह अली खानलाई विदेशी मुद्रा तस्कर गरेको आरोप लागेको छ । यो विषयको जाँच गर्न इडीले सोमबार फरेन एक्सचेञ्ज म्यानेजमेन्ट एक्टमार्फत नोटिस पठाएर जवाफ मागेको छ । खान २ करोड रुपैयाँ अवैध विदेशी पैसा तस्करीसँग जोडिएका छन् ।
अधिकारीका अनुसार गायक खानलाई सन २०११ मा दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा बरामद गरिएको अमेरिकी डलरको विषयमा नोटिस पठाइएको हो । यद्यपी त्यतिबेला समातिएको पैसाबाट अवैध पैसा भएको खुल्ने कुनै दस्तावेज भने भेटिएको थिएन ।
न्यूज वेभसाइट फस्र्ट पोष्टका अनुसार अवैध तरिकाले ३ लाख ४० हजार अमेरिकी डलर कमाएका थिए । यो रकममध्ये २ लाख २५ हजार डलर तस्करी गरेको आरोप लागेको छ । खानको जवाफबाट जाँच एजेन्सी सन्तुष्ट भएन भने उनलाई ३०० प्रतिशत सम्म जरिवाना तिराइनेछ । यदी जरिवाना तिर्न अस्वीकार गरे उनलाई पक्राउ समेत गर्न सकिने बताइएको छ ।
पाकिस्तानी नागरिक राहत फतेह अली खान बलिउडका चर्चित गायक हुन् । उनले गाएका एकसे एक गीत चर्चित छन् ।
प्रतिक्रिया