प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ७, २०७९
|
|
२३ पटक हेरिएको
Shares
प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि

सारांश

  • काठमाडौँ।
  • आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले आठ र नेकपा (एमाले)ले तीन स्थानमा विजय हासिल गरेका छन्।
  • बुधबार बिहानसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यतर्फ मुस्ताङ, मनाङ, काठमाडौँ क्षेत्र नं १, ३, ४, ५, रसुवा र ललितपुर क्षेत्र नं १ मा विजय हासिल गरेको छ।

काठमाडौँ। आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले आठ र नेकपा (एमाले)ले तीन स्थानमा विजय हासिल गरेका छन्।

बुधबार बिहानसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यतर्फ मुस्ताङ, मनाङ, काठमाडौँ क्षेत्र नं १, ३, ४, ५, रसुवा र ललितपुर क्षेत्र नं १ मा विजय हासिल गरेको छ।

कांग्रेसका उम्मेदवार मुस्ताङमा योगेश गौचन थकाली, मनाङमा टेकबहादुर गुरुङ, काठमाडौँ क्षेत्र नं १ मा प्रकाशमान सिंह, क्षेत्र नं ३ मा सन्तोष चालिसे, क्षेत्र नं ४ मा गगनकुमार थापा, क्षेत्र नं ५ मा प्रदीप पौडेल, रसुवामा मोहन आचार्य र ललितपुर क्षेत्र नं १ मा उदयशम्शेर जबरा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नं २ प्रेमबहादुर महर्जन, काठमाडौँ क्षेत्र नं ९ मा कृष्णगोपाल श्रेष्ठ र उदयपुर क्षेत्र नं २ मा अम्बरबहादुर रायमाझी विजयी भएका छन्।

प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीले पनि जितको खाता खोलेको छ। सो पार्टीका गङ्गाराम चौधरी कैलाली क्षेत्र नं ३ बाट निर्वाचित भएका छन्।

समानुपातिकमा प्रतिनिधिसभा कुन दलले कति मत पाए ?

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाको आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले) अग्रस्थानमा छ। निर्वाचन आयोगको बुधबार बिहानसम्मको मतपरिणाम विवरणानुसार एमालेले एक लाख ७४ हजार एक सय ३० मत प्राप्त गरेको छ।

दोस्रो स्थानमा रहेको कांग्रेसको एक लाख ५१ हजार सात सय नौ मत प्राप्त गरेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या ७९ हजार पाँच सय ४६ रहेको छ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) को ७३ हजार ८६, राष्ट्रिय प्रजातन्त्र पार्टीको ४१ हजार पाँच सय ८४ र जनमत पार्टीको १३ हजार छ सय ८२ मत रहेको निर्वाचन आयोगले जनाएको छ।

यो अवधिसम्ममा समानुपातिकतर्फको मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालको १३ हजार एक सय ३६, नेपाल मजदुर किसान पार्टीको १० हजार पाँच सय ४८, नेकपा (एकीकृत समाजवादी)को आठ हजार पाँच सय ६१, नागरिक उन्मुक्ति पार्टीको नौ हजार एक सय ९९, नागरिक उन्मुक्ति पार्टीको आठ हजार चार सय ११ र अन्यको ३५ हजार नौ सय २३ मत रहेको छ।

प्रदेशसभामा समानुपातिक मत कसको कति ?

निर्वाचन आयोगको बुधबार बिहानसम्मको मतगणनासम्बन्धी विवरणानुसार प्रदेश नं १ मा एमालेले ४६ हजार तीन सय ८० र कांग्रेसले ३९ हजार सात सय ९० मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले १५ हजार पाँच सय ५१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ हजार सात सय ८९, जनता समाजवादी पार्टीले छ हजार तीन सय ६३ र अन्यले १८ हजार छ सय ७५ मत प्राप्त गरेका छन्।

मधेस प्रदेशमा भने प्रदेशसभाको समानुपातिकतर्फ कांग्रेस पहिलो स्थानमा देखिएको छ । कांग्रेसले मधेस प्रदेशमा १० हजार पाँच सय ६३ र एमालेले नौ हजार एक सय ५१ मत पाएको छ । त्यस्तै जनमत पार्टीले आठ हजार आठ सय ३६ मत पाएको छ । माओवादी केन्द्रले तीन हजार आठ सय ९१, जसपाले चार हजार सात सय १४ र अन्यले १२ हजार ६९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

बागमती प्रदेशमा प्रदेशसभातर्फ एमालेले २६ हजार एक सय तीन, कांग्रेसले २३ हजार सात सय नौ, राप्रपाले १४ हजार एक सय ५५, माओवादी केन्द्रले ११ हजार आठ सय ५९, नेपाल मजदुर किसान पार्टीले सात हजार आठ सय ३६ र अन्यले सात हजार सात सय ५० मत प्राप्त गरेका छन्।

गण्डकी प्रदेशमा समानुपातिकतर्फ एमालेले ४५ हजार नौ सय ६७, कांग्रेसले ३३ हजार चार सय ५८, माओवादी केन्द्रले १० हजार नौ सय ८९, राप्रपाको सात हजार आठ सय ३०, एकीकृत समाजवादीले तीन हजार नौ सय ३३ र अन्यले सात हजार पाँच सय ७४ मत प्राप्त गरेका छन्।

लुम्बिनी प्रदेशमा एमालेले ५३ हजार पाँच सय ३३, कांग्रेसले ४१ हजार छ सय छ, माओवादी केन्द्रले १७ हजार तीन सय ९६, राप्रपाले १२ हजार पाँच सय ६५, नागरिक उन्मुक्ति पार्टीले छ हजार पाँच सय १३ र अन्यले २१ हजार एक ८३ मत प्राप्त गरेका छन्।

यसैगरी कर्णाली प्रदेशमा समानुपातिकतर्फ माओवादी केन्द्रले दुई हजार नौ सय नौ, एमालेले नौ सय ३५, कांग्रेसले आठ सय २२, राप्रपाले एक सय ३१, एकीकृत समाजवादीले ६७ र अन्यले एक सय २७ मत प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेशमा प्रदेशसभातर्फ समानुपातिकको मतपरिणामबारे विवरण हालसम्म प्राप्त हुन नसकेको आयोगले जनाएको छ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    Comment Author

    Binance开户

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    Comment Author

    binance code

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?