नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २५, २०७६
|
|
४५ पटक हेरिएको
Shares
नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

सारांश

  • नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ ।
  • जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
  • नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन् ।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ । एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट ; प्रचण्ड
फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट ; प्रचण्ड
तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश
तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश
प्रधानसेनापतिबाट उपरथीको दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापतिबाट उपरथीको दर्ज्यानी चिन्ह प्रदान
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई
काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई
ट्रेलरमा आयो चलचित्र हात्तीछाप
ट्रेलरमा आयो चलचित्र हात्तीछाप
संसदमा उठेको प्रश्नको जवाफ मन्त्रीहरुले यसरी दिए
विश्वविद्यालयमा राजनीति नगरौं : सभामुख शाही
विश्वविद्यालयमा राजनीति नगरौं : सभामुख शाही
राष्ट्रियसभा उपनिर्वाचनमा बादलले दिए एमालेबाट उम्मेद्वारी
राष्ट्रियसभा उपनिर्वाचनमा बादलले दिए एमालेबाट उम्मेद्वारी